मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक सभा तथा निर्वाचन कार्यक्रम अन्तर्गत वार्षिक सभाको कार्यक्रम यथावत हुनेगरी निर्वाचन कार्यक्रमको कार्यतालिकामा संशोधन गरिएको छ । जसको कारण मतदाता नामावली प्रकाशन र भुलसुधार निवेदनको लागि २०७७ चैत्र १८ गते हुनेभएको छ । चैत्र १९ गते उम्मेदवारी दर्ता तथा दावीविरोध आदि रहने छ भने मतदान कार्यक्रम यथावत चैत्र २३ गते नै हुनेगरी कार्यतालिका संशोधन गरिएको छ । त्यसैगरी ५४ औं वार्षिक साधारण सभाको समुद्घाटन (पहिलो सत्र) र दोश्रो सत्र यथावत चैत्र २१ गते हुनेछ ।