News & Events »

नापतौल उपकरण दर्ता तथा नविकरण सम्पन्न (२०८० मंसिर २३)

व्यवसायीहरुको नापतौल उपकरणहरु दर्ता तथा नविकरण कार्य २०८० मंसिर १८ गतेदेखि प्रारम्भ भई मंसिर २३ गतेसम्म ६ दिन गरी शनिबार सम्पन्न गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय वीरगंजबाट आएका ४ सदस्यीय टोलीबाट छ दिनमा कुल ३३९ जनाको नापतौल उपकरण दर्ता तथा नविरकण गरिएको थियो । जसमध्ये नया दर्ता १०० जनाको र नविकरण २३९ जनाको भएको थियो । उद्योगी/व्यवसायीहरुले सामान बिक्री गर्न प्रयोग गर्ने नापतौल उपकरणहरु नियमानुसार अनिवार्य दर्ता तथा नविकरण गर्नुपर्ने हुन्छ । सोको लागि मकवानपुर उद्योग वाणिज्य संघको पहलमा व्यवसायीहरुको सहजताको लागि वीरगंजस्थित गुणस्तर तथा नापतौल कार्यालयबाट टोली खटिई आएका हुन् । मउवासंघले हरेक वर्ष करिव एक हप्ताको लािग हेटौंडामा नापतौल टोलीको व्यवस्थापन गर्दै आएको छ । 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback