News & Events »

५७औं वार्षिक साधारण सभा सम्पन्न (२०८० पौष २१)

57th AGM

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताज्यूको अध्यक्षता, बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलज्यूको प्रमुख आतिथ्यता, प्रतिनिधि सभा सांसदद्वय माननीय दिपक बहादुर सिंह र महेश बर्तौलाको विशिष्ट आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यज्यूको विशिष्ट आतिथ्यता, बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान, बामगती प्रदेश सभा सदस्यद्वय माननीय एकालाल श्रेष्ठ र लक्ष्मी श्रेष्ठलगायत, विभिन्न विशिष्ट महानुभावहरुको आतिथ्यता, पत्रकारज्यूहरु र संघका सदस्यहरुको सहभागितामा संघको ५७ औं वार्षिक साधारण सभा हेटौंडाको पल्पसा सदनमा सम्पन्न भएको छ ।

57th AGM1
५७औं वार्षिक साधारण सभामा पाल्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु र सम्पूर्ण महानुभावहरुलाई संघका अध्यक्ष कृष्ण कुमार गुप्ताज्यूले सभामा स्वागत गर्नुहु“दै आफ्ना धारणाहरुसहित संघले गरेका प्रमुख क्रियाकलापहरुको बारेमा आफ्नो मन्तव्यमार्फत जानकारी गराउनु भएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशलाई समृद्ध बनाउन उद्योग वाणिज्य संघ नीतिसहित प्रस्तुत भएमा सहकार्य गर्न ईच्छुक रहेको बताउनु भएको छ । उहा“ले वर्तमान सरकारको कुशल नेतृत्वमा आयल निगम, जनकशिक्षा सामग्री केन्द्र जस्ता सरकार मातहतका व्यवसायहरु नाफामा गएको, नेपाल वायुसेवा निगमको आधा ऋण चुक्ता गर्न सफल भएको बताउनु भयो । औद्योगिक क्ष्ँेत्र केन्द्र सरकार मातहत रहेकाले प्रदेश सरकारले तालिम र उद्यमशीलता विकासका कार्यक्रमहरु मात्र गर्न सक्ने उहा“को भनाई थियो । बाहिर देशहरुमा धेरै पूर्व अध्ययनपश्चात मात्र उद्योग स्थापना गर्ने प्रचलन रहेपनि नेपालमा भने पहिला मिल स्थापना गर्ने र धान आयात गर्नतर्फ लाग्ने गरेको उदाहरण बताउनु भयो । उहा“ले आफ्नो चाइना भ्रमणको समयमा धान र रा“गा चिनमा निर्यात गर्न आग्रह गरेको बताउनु भयो । तर नेपालीहरु कृषिमा भन्दा डोजर खरिद गर्न अनुदानको आग्रह लिएर आफूकोमा आउने गरेको अनुभव सुनाउनु भयो । बागमती प्रदेश सरकारले समुदायमा आधारित कृषि पकेट क्षेत्र निर्धारण गर्न गइरहेकाले सोमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । त्यसैगरी कृषि उपजको बजारिकरणमा सघाउन आग्रह गर्नुभयो । ढुंगा, गिटी र बालुवा समयमा प्रयोग गरे राज्यलाई आम्दानी हुनेभएकाले पालिका र जिल्ला समन्वय समितिले बिक्री खुल्ला गर्नुपर्नेमा उहा“को जोड रहेको थियो । २५ मिटर सडक विस्तारको विषयलाई छिटो टुङ्ग्याउनु पर्ने उहा“को धारणा थियो । बागमती प्रदेशभर दशवटा हस्पिटलको स्तरोन्नति गरिएको, जसमा हेटौंडा अस्पताललाई ३०० शैयाको बनाइएको र कक्षा ८ देखि १२ सम्ममा अनिवार्य प्राविधिक शिक्षा अध्यापन हुनुपर्ने उहा“को भनाई थियो ।

57th AGM11
संघका महासचिव दिपक उप्रेतीले संचालन गर्नुभएको कार्यक्रममा संघका सदस्यहरुको तर्फबाट जुत्ताचप्पल व्यवसायी रामहरि तिमल्सिना, संघसंस्थाको तर्फबाट उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, राष्ट्रिय सभा सदस्य माननीय रामचन्द्र राई, बागमती प्रदेश सांसद माननीय एकालाल श्रेष्ठ, संघका पूर्व अध्यक्षज्यूहरुको तर्फबाट अरुणराज सुमार्गी, नगर उद्योग वाणिज्य संघहरुको तर्फबाट जितपुर–सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद शर्मा, जिल्ला उद्योग वाणिज्य संघहरुको तर्फबाट वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, प्रतिनिधि सभा सांसद माननीय दिपक बहादुर सिंह, राजनैतिक दलहरुको तर्फबाट भिमसेन महत, बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नानिराज घिमिरे, नेउवामहासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, नेउवामहासंघका केन्द्रीय सदस्य अमरेशचन्द्र बैदार, प्रतिनिधि सभा सांसद माननीय महेश बर्तौला, नेउवामहासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यलगायतले क्रमशः मन्तव्य राख्नुभएको थियो ।

५७औं वार्षिक साधारण सभाबाट महासचिवले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गरेको आ.व. २०७९/८० को आयव्यय तथा वासलात हिसाब र आ.व. २०८०/८१ को अनुमानित बजेट पारित गर्ने निर्णय भएको छ । जसमा आर्थिक प्रतिवेदन अन्तर्गत आ.व. २०७९/८० को प्रत्येक्ष तथा अन्य आम्दानी रु. ८२,८०,२१०।७१ (अक्षरेपि रु. बयासीलाख अस्सीहजार दुईसय दश पैसा एकहत्तर मात्र) र प्रत्येक्ष, कर्मचारी तथा ह्रासकट्टी खर्च रु. ७०,८७,३५१।८६ (अक्षरेपि रु. सत्तरीलाख सतासीहजार तीनसय एकाउन्न पैसा छयासी मात्र) रहेको छ । जसको कारण रु. ११,९२,८५८।८५ (अक्षरेपि रु. एघारलाख बयानब्बेहजार आठसय अन्ठाउन्न पैसा पचासी मात्र) संचालन बचत भएको छ । पूजी तथा दायित्व र सम्पत्तिको सन्तुलन रकम रु. ५,८८,१३,७९२।५६ (अक्षरेपि रु. पाचकरोड अठासीलाख तेह्रहजार सातसय बयानब्बे पैसा छपन्न मात्र) रहेको छ । त्यसैगरी आ.व. २०८०/८१ को अनुमानित बजेट रु. १,२२,५७,०००।– (अक्षरेपि रु. एककरोड बाइसलाख सन्ताउन्नहजार मात्र) रहेको छ ।
सभाले प्रस्ताव मस्यौदा उपसमितिहरु (उद्योग, वाणिज्य, एशोसिएट र बस्तुगत) बाट प्रस्तुत प्रस्तावहरु पारित गरेको छ । हिसाबबाट हटाउन पर्ने देखिएका केही लिनबाकी र दिनबाकी रकम अपलेखन गरेको छ । विधान संशोधन समितिको प्रस्तावहरु सम्बन्धमा बृहत छलफल गरी सभाबाट प्राप्त सुझावहरुसमेत समेटी पारित गरेको छ ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback