News & Events »

बंगलादेश–नेपाल उवासंघ भ्रमण टोलीसंग हेटौंडामा छलफल (२०८० मंसिर २१)

बंगलादेश–नेपाल उद्योग वाणिज्य संघको भ्रमण टोलीसंग हेटौंडामा व्यवसायिक छलफल गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी संस्थागत तथा व्यवसायिक सम्बन्ध बारे छलफल गरिएको हो । बंगलादेश–नेपाल उवासंघका वरिष्ठ उपाध्यक्ष नविन थापाको नेतृत्वमा चारजना बंगलादेशी व्यवसायीहरु भ्रमण टोलीमा सम्लग्न रहेका थिए । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले छलफलमा मकवानपुरलाई प्राथमिकता दिई आउनुभएकोमा भ्रमण टोलीलाई धन्यवाद ज्ञापन गर्नुहु“दै व्यवसायिक सम्बन्ध विस्तारको लागि अनुरोध गर्नुभएको थियो । उहा“ले मउवासंघले संस्थागत विकासको साथसाथमा गरेका सामाजिक तथा परोपकारी क्रियाकलापहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
मउवासंघका पूर्व अध्यक्ष तथा बंगलादेश–नेपाल उवासंघका उपाध्यक्ष अरुणराज सुमार्गीले बंगलादेशदेखि उद्यमीहरु आउनुले दुवै देशका व्यवसायीले व्यवसाय विस्तारको अवसर पाउने बताउनु भयो । बंगलादेशबाट साना उद्यम, कृषि उद्यम र गार्मेन्ट बारे ज्ञान लिन सकिने बताउनु हु“दै मकवानपुर उद्योग वाणिज्य संघको एक प्रतिनिधि मण्डल बंगलादेश आउने तयारी रहेकोसमेत उहा“ले बताउनु भयो ।
बंगलादेश–नेपाल उवासंघका वरिष्ठ उपाध्यक्ष नविन थापाले बंगलादेश–नेपाल उद्योग वाणिज्य संघ स्थापित गर्न निक्कै मेहनत गर्नुपरेको, बंगलादेशी व्यवसायिक प्रतिनिधिलाई यो पहिलो पल्ट नेपालमा संस्थागतरुपमा आमन्त्रण गरिएको र मकवानपुर उद्योग वाणिज्य संघको बंगलादेश भ्रमण भएमा बंगलादेश–नेपाल उवासंघको सहजिकरणमा पहिलो भ्रमण हुने बताउनु भयो ।
त्यसैगरी बंगलादेशी प्रतिनिधिहरुले बंगलादेशको जनसंख्या नेपालको भन्दा करिव सात गुणा बढी रहेको, दक्ष लेवरहरु उपलब्ध रहेको, बंगलादेश हरेक हिसावले अघि बढिरहेको, नेपाली व्यवसायीहरुसंग व्यवसायिक सहकार्य हुनसक्ने बताउ“दै बंगलादेश भ्रमणको लागि निम्तोसमेत गर्नुभएको थियो ।
छलफलमा केन्द्रीय सदस्य तथा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, कार्यसमितिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी बंगलादेश–नेपाल उवासंघका निर्देशक बंगलादेशी नागरिक मोहमद खैरुल बसर तथा बंगलादेशी व्यवसायीहरु मोहमद फारुकी, मोहमद हारुण रसिद र फाहिद अहमदको उपस्थिति रहेको थियो । मउवासंघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र महासचिव दिपक उप्रेतीले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback