News & Events »

उवासंघ चितवनको भ्रमण टोलीसंग हेटौंडामा छलफल (२०८० कात्तिक १२)

CCI Chitwan

उद्योग वाणिज्य संघ चितवनको भ्रमण टोलीसंग मकवानपुर उद्योग वाणिज्य संघमा आइतबार छलफल कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय भ्रमण टोली हेटौंडा आउनु भएको थियो । मउवासंघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा उहाले भ्रमण टोलीलाई स्वागत गर्नुहुदै संघको स्थापनादेखि संघले सम्पादन गरेका गतिविधि र मकवानपुर जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको बारेमा चर्चा गर्नुभएको थियो । उहाले आर्थिक मन्दीले व्यवसायिक कारोवार निराशाजनक रहेको र यस परिस्थितिले विदेश पलायन बढाउने चिन्ता व्यक्त गर्नुभएको थियो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले चर्को बैंक व्याज र आर्थिक मन्दीको प्रभाव न्यूनिकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने त्यसो हुन नसकेमा उवासंघहरु एकै ठाउमा उभिई साझा धारणा बनाएर उद्योगी/व्यवसायीहरुको समस्या समाधान गर्न दवाव सिर्जना गर्नुपर्ने बताउनु भयो ।
त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले मकवानपुर र चितवनको धेरै परिवेशहरु मिल्दोजुल्दो रहेको, कृषि तथा पर्यटनमा चितवन अघि बढिरहेको, चितवन मेडिकल सिटीको रुपमा बिकास हुदै गएको, उवासंघ चितवनले चेम्बर लर्निङ सेन्टर स्थापना गरेको, जसले युवा तथा महिला उद्यमशीलता विकास, नव उद्यम प्रवर्द्धन र विदेशबाट फर्केकाहरुको लागि रिटर्नी उद्यम संचालन जस्ता अवधारणामा लर्निङ सेन्टरले काम गर्ने उहाले बताउनु भयो । उहाले नेपाल सरकारले निजी क्षेत्रलाई प्रभावकारी बनाउने भन्दापनि थमथमाई राख्ने नीति लिएको बताउनु भयो । त्यसैगरी नारायणघाट कमर्सियल सिटी र भरतपुर एडमिनिष्टे«टिभ सिटीको रुपमा विकास गरिनुपर्ने बताउनु भयो । उवासंघ चितवनको आयोजनामा हरेक दुई वर्षमा महिला उद्यमी मेला गर्ने गरिएको साथै अन्य मेलाहरु पनि नियमित भइरहेको उहाले बताउनु भयो । पोल्ट्री उद्यममा चितवन सक्षम रहेको त्यसैगरी केरा खेतीमा चितवन अग्रणी रहेको उहाको भनाई थियो । उहाले आइतबार मकवानपुरको चित्लाङमा बास बस्ने सोमबार धुलिखेलमा र मंगलबार भक्तपुर हुदै चितवन फर्कने भ्रमण तालिका रहेको बताउनु भएको थियो । 

CCI Chitwan1
छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट र महासचिव दिपक उप्रेतीले मन्तव्य राख्नु भएको थियो भने संघका सचिव राजाराम कार्की र कार्यसमिति सदस्यहरु कुल प्रसाद चौलागाई, तेजराज अधिकारी, नेत्रप्रसाद खतिवडा, सितादेवी भेटवाललगायतको उपस्थिति रहेको थियो । त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष कल्याण जोशी, वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठलगायत कार्यसमिति सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

CCI Chitwan2

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback