News & Events »

उर्जा दक्षताको महत्व सम्बन्धी अन्तर्क्रिया (२०८० पौष १२)

Energy program

मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा उर्जा दक्षताको महत्व सम्बन्धमा एक दिवशीय अन्तर्क्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । मउवासंघले आयोजना गरेको कार्यक्रममा जि. आई. जेड.का प्रतिनिधिहरुले अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा जि. आई. जेड.का कार्यक्रम मेनेजर डा. सञ्जय गोर्खाली, वरिष्ठ उर्जा दक्षता विशेषज्ञ ज्ञानेन्द्र उपाध्याय र उर्जा सल्लाहकार सुदन कायस्थबाट अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा उर्जा अडिट सम्बन्धी जानकारी र आवश्यकताको बारेमा प्रकाश पारिएको थियो । उर्जा अडिट सम्बन्धी राष्ट्रिय नीति निर्माणमा पहल भईरहेको, अनावश्यक खर्च कटौती, प्रति युनिट लागतमा न्यूनिकरण, प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि, व्यवसायिक विकास सम्बन्धमा चर्चा गरिएको थियो । कार्यक्रममा मकवानपुर जिल्लाका दशवटा उद्योगको उर्जा अडिट निःशुल्क गरिने जि. आई. जेड.का प्रतिनिधिहरुले कार्यक्रममा बताउनु भएका थिए ।
कार्यक्रमका सभाध्यक्ष अनिल अग्रवालले उर्जा आफैमा निक्कै महत्वपूर्ण विषय भएको र कार्यक्रममा आई अभिमुखिकरण गरिदिनु भएकोमा जि. आई. जेड. का प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Energy program1
एम एम पोलिमर्स प्रालिका महाप्रवन्धक विजय कुमार वैद्यले वेभसाइटबाट ईनर्जी अडिटको सान्दर्भिकता बारे प्रचारप्रसार गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रमा विभिन्न उद्योगका प्रतिनिधिहरु र महिला उद्यमीलगायतको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback