News & Events »

दुई दिवसीय कर सम्बन्धी तालिम सम्पन्न (२०८० श्रावण ३१)

Tax Training2

मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा जि.आई.जेड.को प्राविधिक सहयोगमा दुई दिवसीय कर सम्बन्धी तालिम बुधबार हेटौंडामा सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा तालिम भएको हो । तालिमको समुद्घाटन तथा समापन समारोहको प्रमुख आतिथ्यता आन्तरिक राजश्व कार्यालयका निमुत्त प्रमुख मनिष महतोले गर्नुभएको थियो । तालिममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृतद्वय अवदेश यादव तथा गुणराज भण्डारी, जि.आई.जेड.का सल्लाहकार नविन लाल श्रेष्ठ, प्रशिक्षक तथा चार्टर्ड एकाउन्टेण्टद्वय अरुण राउत तथा रश्मिला महर्जन, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक, लोक राज जोशीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेतीलगायत ढुवानी तथा अन्य व्यवसायी गरी ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षक तथा चार्टर्ड एकाउन्टेण्टद्वय अरुण राउत तथा रश्मिला महर्जनले प्रशिक्षण दिनु भएको तालिममा सहभागिहरुको कर प्रक्रिया सम्बन्धी जानकारी परीक्षणबाट प्रारम्भ गरी व्यवसाय दर्ता तथा नविकरण, अग्रिम कर कट्टी, लगानीमा आयकर तथा नियन्त्रणमा परिवर्तन र व्याज, जरिवाना तथा पुनरावलोकन जस्ता विषयहरुमा प्रशिक्षण भएको थियो ।
तालिम पश्चात व्यवसायीहरुको जिज्ञासा तथा गुनासोहरु ग्रहण गर्दै आन्तरिक राजश्व कार्यालय, हेटौंडाबाट आउनुभएका कर अधिकृतहरुले प्रतिउत्तर दिनुभएको थियो ।

Tax Training3

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback