News & Events »

अर्थमन्त्री संग व्यवसायिक समस्या बारे छलफल (२०८० पौष ३)

Progream with Finance Minister

मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच व्यवसायिक समस्याहरु बारे मंगलबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महत रहनु भएको थियो । कार्यक्रममा बागमती प्रदेश सांसद इन्द्र बहादुर बानियाको विशेष आतित्यता रहेको थियो ।
संघका अध्यक्षबाट वर्तमान उद्योगी/व्यवसायीहरुको समस्याका बारेमा संघको तर्फबाट ज्ञापन पत्र बुझाउनु भएको थियो ।अर्थमन्त्री डा. प्रकाशशरण महतबाट उद्योगी/व्यवासायीहरु लगानी गर्न निरुत्साहित हुनुको कारण बैंकको ब्याज उच्च भएकाले सरकारले व्याजलाई कम गर्दै लगेको यसबाट लगानीको बढन थालेको, घरजग्गा खरिद बिक्री तथा सेयर बजार सुधारोन्मुख हुदै आएको औलाउनु भएको थियो । थप ऋण लगानीका विषयमा उद्योगी/व्यवसायीहरुले लगानी गर्दा अरुको हेरेर लगानी गर्ने प्रवृतिले उद्योग/व्यवसाय ऋणमुक्त हुन नसकेको विचार व्यक्त गर्नुभएको थियो । औद्योगिक क्षेत्र विस्तारको विषयमा सरकाले बन्द भएका उद्योगको जग्गा सरकारी स्वामित्वमा रहने र उद्योग निजीक्षेत्रलाई हस्तान्तर गर्ने योजना बनाएको बताउनु भयो । बन्द भएका क्रशर उद्योगहरुको नविकरण सम्बन्धमा मापदण्ड हेरेर समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान रहेको बताउनु भयो । उद्योगमा विद्युत आपूर्तिमा डिमाण्ड चार्ज हटाउन विद्युत प्राधिकरण संग छलफल भइरहेको बताउनु भयो । अण्डर विलिङको समस्याका बारेमा भारत सरकार संग कुरा भइरहेको, चाडै भन्सार नाकाबाट आयातित बस्तुबाट हुने अण्डर विलिङको समस्या हल हुनेसमेत उहाको भनाइ थियो । नापतौल कार्यालय बागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना गर्न सम्बन्धित निकायमा बुझी समाधान गर्नेसमेत बताउनु भयो । हेटौंडा अस्पतालमा मात्र बिमाबाट बिरामीको उपचार हुने गरेकाले निजीक्षेत्रलाई पनि दिनुपर्ने माग सम्बन्धमा सरकारले प्राथमिकताको आधार बजेट विनियोजन गरेकोले सो बमोजिम भएको व्यहोरा अवगत गराउनुभयो ।
बजेट विनियोजन भएका परियोजनामा मात्र निर्माण कार्य हुनुपर्नेमा विभिन्न सरकारी निकायहरुले बजेट विनियोजन नभएका निर्माण कार्य पनि गराएकाले भुक्तानीमा समस्या हुन गएको तर सम्बन्धित मन्त्रालयबाट प्रक्रियागत रुपमा माग भइ आएकाको हकमा क्रमशः भुक्तानी प्रक्रिया अघि बढेको उहा“ले बताउनु भयो ।
संघको मेला/महोत्सव सम्बन्धमा सम्बन्धित स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति संग समन्वय गरेर अगाडी बढ्नसमेत आग्रह गर्नु भयो ।

Program with Finance Minister
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवाल, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाट, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सल्लाहकार महेन्द्र राउतलगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback