News & Events »

थाहानगर उवासंघका नवनिर्वाचित टोलीलाई हेटौंडामा स्वागत (२०८० असोज ३)

Thahanagar CCI 1

मकवानपुर उद्योग वाणिज्य संघले थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई हेटौंडामा स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम भएको हो । उहाले कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । मउवासंघको स्थापना, आर्थिक क्रियाकलाप, संघले विगतदेखि वर्तमानसम्म गरेका अन्य विभिन्न कार्यहरु बारे उहाले संक्षिप्त जानकारी गराउनु भएको थियो । त्यसैगरी थाहानगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकालले मउवासंघका पूर्व अध्यक्ष केशव श्रेष्ठको कार्यकालबाट मउवासंघको उत्तरी क्षेत्र समिति गठन प्रक्रिया प्रारम्भ भएको र सोही उत्तरी क्षेत्र समिति हाल थाहानगर उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको बताउनु भयो । थाहानगर उद्योग वाणिज्य संघको वर्तमान भवन मकवानपुर उद्योग वाणिज्य संघकै सहयोगमा निर्माण भएको, अहिले पनि थाहानगर उद्योग वाणिज्य संघको मातृसंस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघलाई अफूले लिएको उहाको भनाई थियो । उहाले थाहा नगर, कृषिको हिसावले परिचित र पर्यटकीय रुपमा सम्भावनायुक्त रहेको बताउनु हुदै धार्मिक पर्यटनको रुपमा ऋषेश्वर, गोरखनाथलगायतका धेरै धार्मिक स्थल थाहा नगरमा रहेको बताउनु भयो । त्यसैगरी उहाले मकवानपुर उद्योग वाणिज्य संघबाट थाहा नगरको पर्यटन विकासमा सम्भावित पहलको लागि अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा संघका उपाध्यक्षत्रय प्रमोद सिंह रानाभाट, उज्वल चौलागाई, राजु अधिकारी, महासचिव दिपक उप्रेतीलगायतले मन्तव्य राख्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback