मकवानपुर उद्योग वाणिज्य संघमा महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसंग छलफल कार्यक्रम आयोजना गरिएको थियो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभापतित्वमा कार्यक्रम गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले कार्यक्रममा मन्तव्य राख्नुहुदै औद्योगिक क्षेत्र व्यवस्थापनमा संघको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, नापतौल कार्यालय हेटौंडामा आवश्यक रहेको र खाद्य तथा गुण नियन्त्रण कार्यालयको कामकारवाही सरलिकरण गर्न आवश्यक रहेको बताउनु हुदै सोको लागि सहजिकरण गरिदिन नेपाल उद्योग वाणिज्य महासंघका उपस्थित केन्द्रीय नेतृत्व समक्ष अनुरोध गर्नुभएको थियो ।
संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवालले बैंकिङ समस्या समाधान हुनुपर्ने बताउनु भएको थियो । उहाले बागमती प्रदेश मन्त्रालयहरुसंग प्रदेशका अन्य जिल्लाका उद्योग वाणिज्य ... Read More
हेटौंडा भ्रमणमा आउनुभएका रामेछाप उद्योग वाणिज्य संघको टोलीसंग छलफल गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभापतित्वमा एक कार्यक्रम आयोजना गरी छलफल गरिएको हो । कार्यक्रममा अध्यक्ष कृष्ण कुमार गुप्ताले भ्रमण टोलीको नेतृत्व गर्नुभएका रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन कुमार थापा मगरलगायतको आठ सदस्यीय टोलीलाई संघमा स्वागत गर्नुभएको थियो । साथै उहाले मकवानपुर उद्योग वाणिज्य संघको गतिविधिहरु बारे भ्रमण टोलीलाई जानकारी गराउनु भएको थियो ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन कुमार थापा मगरले कार्यक्रम आयोजना गरी आतिथ्यता दिएको प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुदै संघका निवर्तमान अध्यक्ष तथा ... Read More
हेटौंडामा कर सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा आन्तरिक राजश्व कार्यालय, हेटौंडाका नव आगन्तुक प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईको प्रमुख उपस्थितिमा कार्यक्रम भएको हो ।
संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा उहाले मन्तव्य राख्नु हुदै हेटौंडा शान्त, हरभरा रहेको र प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईको सुखद बसाईको कामना गर्नुभएको थियो । उहाले आन्तरिक राजश्व कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघबीच सुमधुर सम्बन्ध रहदै आएको बताउनु भयो । उद्योगी/व्यवसायी तथा सर्वसाधारणलाई सेवा प्रवाहको लागि संघले एकजना कर्मचारी आन्तरिक राजश्व कार्यालय, हेटौंडामा नै राखी सेवा प्रदान गरिरहेको बताउनु भयो । ... Read More
उद्योग वाणिज्य संघ चितवनका महिला उद्यमी भ्रमण टोलीसंग हेटौंडामा संस्थागत तथा व्यवसायिक अन्तक्र्रिया गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा उक्त अन्तक्र्रिया कार्यक्रम भएको हो । उद्योग वाणिज्य संघ चितवनका महिला उद्यमी संयोजक पुर्णिमा श्रेष्ठको नेतृत्वमा आउनुभएको १७ सदस्यीय भ्रमण टोलीलाई संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत मन्तव्य राख्नुहु“दै संघको स्थापना, महिला उद्यमीहरुलाई प्रोत्साहित गर्न संघबाट गरिएका क्रियाकलापहरु बारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवालले महिला उद्यमी भ्रमणले आपसी सहयोगबाट व्यवसाय प्रवद्र्धन र संस्थागत अनुभव आदानप्रदानमा मद्दत पुग्ने बताउनु भएको थियो ।
Read More
पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले महोत्सवको हरहिसाव बारे निम्नानुसार जानकारी गराउनु हुंदै पत्रकारहरुबाट राखिएको जिज्ञासा उपर जवाफ दिनु भएको थियो ।
उद्योगी/व्यवसायीहरुको पेशगत हीतको लागि मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई आफ्ना गतिविधिहरु संचालन गरिरहेको यस संघ वि. सं. २०१८ सालदेखि क्रियाशील र वि.सं. २०२३ सालमा विधिवत दर्ता भई निरन्तर संचालनमा रहेको छ । यस संघ जिल्लामा रोजगारी, कृषि, सूचना प्रविधि, पर्यटन, उद्योग, व्यापार तथा जिल्लाको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्य रहेको गैरनाफामूलक परोपकारी संस्थाको रुपमा रहीआएको छ । प्रारम्भमा हेटौंडा व्यापार संघ नामाकरण भएपनि वि.सं. २०२५ सालमा नाम परिवर्तित भई मकवानपुर उद्योग वाणिज्य संघ रहन गएको यस संघले जिल्लामा रहेका सदस्य ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार उद्योग वाणिज्य दिवस २०७९ मनाएको छ । हेटौंडा–११ स्थित मामाघर नेपालमा आश्रित बालबालिकाहरुको लागि खाद्यान्न वितरण गरेर उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका उपाध्यक्ष राजु अधिकारीको नेतृत्वमा खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो । उपाध्यक्ष राजु अधिकारीले संघको तर्फबाट चामल, पिठो, तेल, दाल र नुन सहयोग गरिएको बताउनु भयो । कार्यक्रममा संघका सचिव राजराम कार्की, कार्यसमिति सदस्य दिवस पराजुली, कार्यकारी सचिव पवन कार्कीलगायतको उपस्थिति रहेको थियो ।
मामाघर नेपालका स्वयमसेविका आइशा राईले हाल मामाघर नेपालमा ५ वर्षदेखि १६ वर्षसम्मका १६ जना सडक जीवन जिउन बाध्य भएका र आश्रयविहिन हुनपुगेका बालबालिकाहरुलाई संरक्षण गरिरहेको बताउनु भएको ... Read More
मकवानपुर जिल्लामा १६ महिना आन्तरिक राजश्व कार्यालय, हेटौंडाको प्रमुख भई कार्य गर्नुभएका प्रमुख कर अधिकृत मोहलाल जिसीको मकवानपुर उद्योग वाणिज्य संघले आइतबार एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभापतित्वमा विदाई कार्यक्रम गरिएको हो ।
संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले कुशलरुपमा आफ्नो कार्यसम्पादन गर्न सफल हुनुभएकोमा प्रमुख कर अधिकृत मोहलाल जिसीको प्रशंसा गर्नुहुदै सुखद भविष्यको लागि शुभकामना दिनुभएको थियो । त्यस्तै प्रमुख कर अधिकृत मोहलाल जिसीले आफू अधिकृत हुदा ३३ महिना हेटौंडामा रहेको र अहिले अवकासको समयमा अन्तिम कार्यालय पनि हेटौंडा नै भएको बताउनु हुदै नियमहरुको पालना र कार्यान्वयनको चरणमा बाहेक दुःख दिने नियतले आफू प्रस्तुत ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको आह्वानमा भइरहेको चर्को बैंक व्याजको विरुद्धको विरोध कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सात दिनसम्म चलेको विरोधको कार्यक्रममा फागुन २१ गते पहिलो दिन चर्को बैंक व्याज घटाउन बैंकहरुलाई ज्ञापनपत्र बुझाइएको थियो । दोश्रो दिन फागुन २४ गते बागमती प्रदेशभरका २८ वटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा हेटौंडामा विरोध ¥यालीसहित बुद्धचोकमा विरोध सभा गरिएको थियो । उक्त सभालाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठले सम्बोधन गर्नुहु“दै चर्को बैंकव्याजको विरोध गर्नुभएको थियो । तेश्रो दिन फागुन २५ गते हेटौंडाका विभिन्न बैंकहरुमा एक घण्टा धर्ना दिइएको थियो । चौथो दिन फागुन २६ गते पनि ... Read More
उद्योग प्रतिष्ठानहरुको आवश्यकताअनुुसारको दक्ष जनशक्ति उत्पादन एवम् आपूर्ती गरी रोजगारी सृजनागर्ने प्रमुुख उद्देश्यले अन्तराष्ट्रिय श्रम संगठन (आई.एल.ओ.) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा कार्यस्थलमा आधारित सिप विकास तालिमहरु संचालन गरिरहेको र सोही सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ तथा मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवसीय ईम्प्लोयर्स मिट (रोजगारदाता भेला) कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति उज्वल चौलागाईको सभापतित्व तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा श्रम तथा यातायात कार्यालय हेटौंडाका कारखाना निरीक्षक चन्द्र नारायण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका विज्ञ खेमराज काफ्ले, ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा–१० स्थित टिसिएन चौरमा कृषि, पर्यटन, उद्योग, व्यापार, प्रविधिसंग सम्बन्धित बस्तु तथा सेवाहरुको प्रवद्र्धन, खरिदबिक्री र बजारमा नया“ उद्यमीहरुको आगमनलाई सम्भावना प्रदान गर्ने उद्देश्यले आयोजित १०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ माघ २३ गते सोमबारबाट सकिएको छ । २०७९ माघ ११ गतेदेखि १३ दिनसम्म सञ्चालित महोत्सवमा विभिन्न स्टलहरुमा राखिएको बस्तुहरुको बिक्रीवितरणबाट करिब दश करोड बराबरको कारोबार भएको अनुमान गरिएको छ ।
महोत्सवका मुल संयोजक एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता र सांसदज्यूहरु, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, नेपाल उद्योग वाणिज्य ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षताका कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, मकवानपुर जिल्लाबाट प्रतिनिधि तथा प्रदेशसभा सांसद पदका प्रत्यासीहरु, हेटौंडाका नगर प्रमुख मिना लामा, भिमफेदी गाउपालिकाका उप्रमुख संजिव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख मोहलाल जिसी, प्रहरी उपरीक्षक बामदेव गौतम, गोरख बहादुर गणका सेनानी अजित राणा, सशस्त्र प्रहरी निरीक्षक लाल बहादुर बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टिका शर्मालगायत अन्य सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले चर्को बैंक व्याजको विरुद्ध शुक्रबार विरोध -याली आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा संघमा आवद्ध विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु र उद्योगी/व्यवसायीहरुको सहभागितामा हेटौंडा–२ स्थित पल्पसा सदन परिसरबाट शुरुभएको -याली नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा ज्ञापनपत्र बुझाएर अध्यक्ष कृष्ण कुमार गुप्ताबाट मन्तव्य राखेपश्चात कार्यक्रम समापन गरिएको थियो । -यालीमा विभिन्न नारासहितको प्लेकार्ड र हातमा कालोपट्टी बाधी शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको थियो ।
महाभूकम्प, नाकावन्दी, कोरोना माहामारी जस्ता अकल्पनीय परिस्थितिले नेपाली अर्थतन्त्रमा गम्भीर चोट पुग्नुका साथै बढ्दो महंगी र आर्थिक मन्दीले नेपाली अर्थतन्त्र श्रीलंकाको जस्तो दुर्घटनामा नपरोस् भन्ने चिन्ता रहेको अध्यक्ष कृष्ण ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले बुधबार बीमा रकम हस्तान्तरण गरेको छ । मउवासंघ पश्चिम क्षेत्र समिति, मनहरीका सभापति नारायण सुवेदीको अध्यक्षता तथा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी बीमा रकम हस्तान्तरण गरिएको हो । मउवासंघमा आवद्ध मनहरीका व्यवसायी नानी बहादुर थिड्डको सडक दुर्घटानामा परि गत महिना मृत्यु भएकोले दुर्घटना बीमा बापतको रकम उहाको परिवारलाई हस्तान्तरण गरिएको हो । मनहरीका व्यवसायी, सोनी कस्मेटिक ईन्टरप्राइजेजका प्रोपाईटर नानी बहादुर थिड्डको गत श्रावण १२ गते बिहान कारको ठक्करबाट घाइते भई उपचारको क्रममा श्रावण १३ गते चितवन मेडिकल कलेजमा उहाको मृत्यु भएको थियो । संघले आफ्ना सदस्यहरुको प्रति सदस्य रु. ५ लाखको ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको तीनदिने सिन्धुली, रामेछाप र दोलखा भ्रमण कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा संघका सल्लाहकार, पदाधिकारी, सदस्य, कर्मचारी तथा पत्रकारहरुको सहभागितामा सिन्धुली, सिन्धुलीगढी, चरिकोट, दोलखाको कालिञ्चोक भगवती मन्दिर, दोलखा भीमसेन मन्दिर, जिरी र रामेछापमा भ्रमण र छलफल कार्यक्रम सम्पन्न भएको हो ।
भाद्र २४ गते सिन्धुली उद्योग वाणिज्य संघले मकवानपुर उद्योग वाणिज्य संघको २७ सदस्यीय भ्रमण टोलीलाई सिन्धुलीमा स्वागत तथा छलफल कार्यक्रम गरिएको थियो । छलफल कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सिन्धुली उद्योग वाणिज्य संघको गतिविधि र सिन्धुली जिल्लाको बारेमा बताउनु भएको थियो । उहाले २०७९ पौष ... Read More
मकवानपुर उद्योग बाणिज्य संघले बस्तुगत संघहरुको संयुक्त भवन निर्माण गर्न जग्गा माग गरेको छ । संघका उपाध्यक्ष तथा बस्तुगत समन्वय समितिका संयोजक राजु अधिकारीको नेतृत्वमा संघका कार्यसमिति सदस्य प्रदिप अर्यालसहित विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिताको टोली हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय गई मेयर मिना लामा र उपमेयर राजेश बानियाँसमक्ष अनुरोध पत्र बुझाएको हो ।
मेयर मिना लामाले पत्र ग्रहण गर्नुहुंदै जग्गाको पहिचानपश्चात उपलब्ध गराउने बताउनु भएको थियो । उपमेयर राजेश बानियाँले हेटौंडा उपमहानगरपालिका कार्यालयमा व्यवसायीहरुलाई बुझेको नेतृत्व रहेकाले सहयोग हुने विषयमा आश्वस्त पार्नुभएको थियो ।
बस्तुगत संघहरुको छुट्टाछुट्टै भवन निर्माण गर्नुभन्दा एकीकृतरुपमा भवन बनाएर अगाडि बढ्न सहज हुने ... Read More
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरको नेतृत्वमा हेटौंडा आउनुभएको भ्रमण टोलीलाई मकवानपुर उद्योग वाणिज्य संघमा स्वागत गरिएको छ । मउवासंघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभाध्यक्षतामा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्दम केन्द्रका सभापति अरुणराज सुमार्गी, उपाध्यक्ष राजु अधिकारी, महासचिव दिपक उप्रेती, त्यसैगरी कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोमा अधिकारीलगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
मउवासंघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले संघका गतिविधिहरु माथि प्रकाश पार्नुहुदै व्यवसायीले भोग्नु परेको खुल्ला सिमानाको समस्या, कर, उद्योग क्षेत्रलगायतका समस्याहरु बारे चर्चा गर्नुभएको थियो । त्यसैगरी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा स्वस्थ, सुशासन, शान्ति, स्नेह र सद्भाव पदयात्रा तथा आशिर्वाद प्रदान कार्यक्रम गरिएको छ । द आर्ट अफ लिभिङ्गका स्वामी पुर्णतेज जीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पल्पसा सदनबाट शुरु गरिएको पदयात्रा काग्रेस चोक–हरिकुञ्ज रोड-परिजातपथ-अजरअमर रोड-मेनरोड हुदै मउवासंघको सभाकक्षमा पुगी आशिर्वाद प्रदान कार्यक्रममा परिणत भएको थियो । जहा स्वामीले द आर्ट अफ लिभिङ्गले संचालन गरिरहेको ह्यापिनेश कार्यक्रमको बारेमा जानकारी तथा सामान्य योगाभ्यास गराउनु भएको थियो । कार्यक्रममा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, प्रमुख जिल्ला अधिकारी ... Read More
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभापतित्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नव आगन्तुक प्रमुख, प्रहरी उपरिक्षक बामदेव गौतमको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत मन्तब्य राख्नुह“ुदै जिल्लाको समस्या र सम्भावना बुझेको प्रहरी प्रमुख पाउनु अत्यन्त खुशीको विषय रहेको बताउनु भयो । उद्योगी÷व्यवसायीलाई सुरक्षित व्यवसाय संचान गर्न सहयोग पुग्ने आशा व्यक्त गर्दै निजी क्षेत्रकोतर्फवाट पुर्ण सहयोग हुने वताउनु भयो । साथै सुखद बसाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि प्रहरी उपरीक्षक बामदेव गौतमले सवैको साथ, सहयोग, सुझावबाट अगि बढने, सिसिटिभीको लागि हेटौडा उपमहानगरपालिकासंग समन्वय गरिने, ट्राफिक ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा एक दिवसीय व्यवसायिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता र संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष जिवनकाजि माकजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र उज्वल चौलागाई, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिव राजाराम कार्की, नेपाली काग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक बसन्त कुमार पाण्डे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतम, ... Read More
मकवानपुरमा नापतौल यन्त्रहरुको दर्ता तथा नविकरण कार्य २०७९ श्रावण ५ गते बिहीबारबाट शुरु भई २०७९ श्रावण ११ गतेसम्म एक हप्ता आयोजना गरी सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको सहजिकरणमा उक्त कार्य गरिएको हो । उद्योगी/व्यवसायीहरुको नापतौल यन्त्र दर्ता तथा नविकरणको लागि गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जबाट ४ सदस्यीय टोली खटिई आएका थिए । मकवानपुर उद्योग वाणिज्य संघ भवनमा रहेको हल, चौघडा, पदमपोखरी, बस्तिपुर, मनहरी, हेटौंडा बसपार्कको तरकारी बजारलगायतका स्थानबाट नापतौल यन्त्रको जाच, दर्ता तथा नविकरणको कार्य गरिएको थियो । सो क्रममा ४७१ वटा नापतौल यन्त्र दर्ता तथा नविकरण गरिएको टोलीले जानकारी गराएका थिए ।
नापतौल यन्त्रहरु दर्ता तथा नविरकण गर्न ... Read More
दुर्घटनामा परी ज्यान गुमाउनु भएका मनहरी बजारका भा“डा व्यवसायी राजु प्रसाद साहको परिवारलाई बीमा बापतको रकम भुक्तानी गरिएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बीमा बापतको रकम रु. ५ लाखको चेक मृतक व्यवसायीका छोराहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
बैशाख २८ गते घरको छतबाट लडेर निधन हुनु भएका राजु प्रसाद साहका छोराहरु भगवान र आनन्दलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले व्यवसायिक हीतका लागि बीमा अनिबार्य भएको मनहरीको घटनाले पुष्टि गरेको बताउनुभएको थियो । उहा“ले अन्य व्यवसायीहरुलाई पनि समयमै संघको सदस्यता नवीकरण, व्यवसायिक र दुर्घटना ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई मंगलबार एक थान ४३ ईन्चको यलईडि टिभी हस्तान्तरण गरेको छ । ट्राफिक सम्बन्धी सूचना प्रवाहको लागि उक्त टिभी सहयोग गरिएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी गराउनु भयो । ट्राफिक सचेतनाको लागि टिभीको उपयोग हुने र यसबाट नागरिक सुसूचित हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापाको भनाई रहेको थियो । प्रहरी निरीक्षक मुनेन्द्र थापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको कार्यालय परिसरमा नागरिकले देख्नेगरी टिभी राखिने बताउनु भएको छ ।
... Read Moreमकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा बजारको ट्राफिक व्यवस्थापन सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापा, संघका पदाधिकारी तथा सदस्यहरु र बस्तुगत संघका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भएको हो ।
छलफलमा ट्राफिक पनि व्यवस्थित हुने र व्यवसायीहरुलाई पनि सहज हुने मध्यमार्ग पहिल्याउन सहभागिहरुले आफ्ना भनाईहरु राखेका थिए । सडकको एक तर्फ मात्र पार्किङ्गको व्यवस्था गर्नुपर्ने र हेटौंडा बजारमा पार्किङ्गको लागि उपलब्ध जमिनहरुको उपयोग गर्नुपर्ने छलफल भएको थियो ।
मकवानपुर ट्राफिक प्रहरी प्रमुख मुनेन्द्र थापाले पूर्व निर्धारित उपायहरु अवलम्बन गरिने, ट्राफिक व्यवस्थित गर्न क्रमिक ... Read More
सिप्रवी सेक्युरिटिज प्रालिको आयोजना र मकवानपुर उद्योग वाणिज्य संघ र लियो क्लब हेटौंडाको सहकार्यमा एक दिवसीय शेयर सम्बन्धी कार्यक्रम शनिबार सम्पन्न भएको छ । मकवानपुर उद्यँेग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा सिप्रवी सेक्युरिटिजका जयन्त श्रीवास्तव, आई.एम.ई. पेका मनिष घिमिरे, स्मार्ट वेल्थका सुरज श्रेष्ठ, हिमालयन क्यापिटलका निमेश अधिकारीलगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो भने हेटौंडाका उद्योगी÷व्यवसायी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शेयर लगानी सम्बन्धी प्रस्तुतिकरण सिप्रवी सेक्युरिटिजका जयन्त श्रीवास्तवले गरेका थिएभने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले शेयर लगानी हालको सन्दर्भमा महत्वपूर्ण आर्थिक गतिविधि भएकोले संघले शेयर सम्बन्धी ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको दुई दिवसीय भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । अषाढ ३१ गते मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरुको अन्तर्क्रिया कार्यक्रम चितवनको सौराहमा भएको थियो । मउवासंघका बस्तुगत उपाध्यक्ष तथा बस्तुगत समन्वय समितिका संयोजक राजु अधिकारीको सभापतित्व, मउवासंघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालको प्रमुख आतिथ्य, मउवासंघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट तथा नारायणी पेट्रोलियम बिक्रेता संघका अध्यक्ष उत्सव ईटेनीको आतिथ्यता र मउवासंघमा आवद्ध विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उक्त अन्तर्क्रिया कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा बस्तुगत संघहरुको क्रियाकलापहरुको समिक्षा र महत्वको बारेमा चर्चा गरिएको थियो । मउवासंघका बस्तुगततर्फका सदस्य प्रदिप अर्यालले कार्यक्रम संचालन गर्नुभएको थियो ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार बैंकर्ससंग छलफल कार्यक्रम गरेको छ । बैंकिड्ड कारोवारमा आइरहेका विभिन्न समसामयिक समस्याहरुबारे बैंकर्ससंग छलफल गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बैंकर्स मकवानपुरका अध्यक्ष रमेशराज घिमिरे, संघका पदाधिकारीहरु, बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु र विभिन्न बैंकका शाखा प्रवन्धकहरुको उपस्थिति रहेको थियो ।
बैंकबाट व्याज असुलीका लागि समयअघि नै ताकेता गर्ने गरेको, नया“ कर्जा निकासा नदिएको, कतिपय विषयमा सहजता भन्दापनि झन्झट सिर्जना गरिदिएको, कहिलेकाही विना जानकारी व्याज बढाउने गरेको, नियमित किस्ता व्याज बुझाउने व्यवसायीको कारोवारमा आएको मन्दीले समयमै बुझाउन नसक्दा बैंकले सहिदिनु पर्ने जस्ता भनाईहरु उद्योगी÷व्यवासायीहरुको थियो । त्यसैगरी बैंकको तर्फबाट ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार जीतपुर–सिमरा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई हेटौंडामा स्वागत गरेको छ । जीतपुर–सिमरा उवासंघका अध्यक्ष मोहन प्रसाद शर्माको नेतृत्वमा आएको १५ सदस्यीय भ्रमण टोलीलाई मउवासंघमा एक कार्यक्रम अयोजना गरी स्वागत गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दिपक उप्रेती, सहकोषाध्यक्ष निलम पाण्डे, कार्यसमिति सदस्यहरु कुल प्रसाद चौलागाई, प्रदिप अर्याल, सितादेवी भेटवाल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछानेलगायत जीतपुर–सिमरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
स्वागत कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार ... Read More
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकारको अयोजना र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवशीय उद्योग क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरुसंग अन्तक्र्रिया गोष्ठी सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकारका सचिव विश्वबाबु पुडासैनीको अध्यक्षता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठको प्रमुख आतिथ्यता, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेको विशिष्ट आतिथ्यता, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको आतिथ्यता र प्रदेशस्तरका उद्योगसंग सरोकारवाला संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको कार्यक्रममा सहागिता रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश, नेपाल उद्योग परिसंघ बागमती प्रदेश, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश, ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले सोमबार नव आगन्तुक प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा स्वागत कार्यक्रम भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, संघका सल्लाहकार हिरालाल श्रेष्ठ, महेन्द्र राउतलगायत संघका पदाधिकारी, सदस्य तथा बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले मन्तव्य राख्नुहु“दै संघको स्थापना, गतिविधि, कृषि, पर्यटन, ट्राफिक व्यवस्थापन, व्यवसायिक समस्याहरु र शान्तिसुरक्षा बारे आफ्नो भनाईहरु राख्नु भएको थियो । छलफलमा संघका उपाध्यक्ष उज्वल चौलागाई, सल्लाहकार हिरालाल श्रेष्ठ, केन्द्रीय ... Read More
हेटौंडामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएको खबरहरु आइरहेको सन्दर्भमा मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय मकवानपुर समक्ष नियन्त्रणको लागि अनुरोध गरेको छ । संघका कार्यवाहक अध्यक्ष्ँ अनिल अग्रवालको नेतृत्वमा बस्तुगत संघका प्रतिनिधिहरुसहित गएको टोलीले ध्यानाकर्षणको लागि पत्र बुझाएको हो । टोलीमा संघका उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट, राजु अधिकारी, मकवानपुर ग्या“स व्यवसायी संघका अध्यक्ष दिलिश गोविन्द जोशी, हेटौंडा अटो मोबाइल एशोसिएशनका अध्यक्ष दामोदर अटल र मोबाइल एशोसिएशनका अध्यक्ष दिनेश लामाको उपस्थिति रहेको थियो ।
चोरी नियन्त्रण गर्न निरन्तर प्रहरी गस्ती परिचालन, चालु सडक बत्ति र गुणस्तरीय सिसिटिभीको सूचारु अवस्था आवश्यक रहेको जिकिरसहित थप शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन संघका ... Read More
रिद्धिसिद्धि सिमेन्ट उद्योग शुक्रबारबाट संचालनमा आएको छ । विवादको कारण बन्द भएको उद्योग पुनः सुचारु भएको हो । उद्योग संचालनको लागि सरोकारवालाहरुको शुक्रबार छलफलबाट समाधान निकालिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति उज्जल चौलागाईको संयोजकत्वमा समस्याको सम्बोधन गर्ने तय भएपछि उद्योग संचालनमा आएको हो ।
सिमेन्ट उत्पादनको लागि आवश्यक कच्चा पदार्थ भारतीय सवारीसाधनबाट ढुवानी भएको सम्बन्धमा अध्ययन गरिने, वैज्ञानिक भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याइने र उद्योग आजैबाट संचालनमा आउनेगरी समस्याको तात्कालिन समाधान गरिएको संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनु भएको छ ।
... Read Moreमकवानपुर उद्योग वाणिज्य संघको अयोजनामा एक दिवसीय कर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमलाई आन्तरिक राजश्व कार्यालय, हेटौंडाका कर अधिकृत सुमन बुढाथोकीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र राजु अधिकारी, महासचिव दिपक उप्रेती, कार्यक्रम संयोजक प्रदिप अर्याललगायत विभिन्न बस्तुगत संघका अध्यक्ष, प्रतिनिधि तथा उद्योगी/व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दिपक उप्रेतीलगायतले मन्तव्य राख्नुभएको थियो ।
नेपाल सरकारबाट आ.व. २०७९/८० को बजेटमार्फत तय गरेका विभिन्न प्रावधानहरु र कर सम्बन्धी अन्य व्यवस्थाहरु बारे आधिकारिक जानकारी उद्योगी/व्यवसायीहरुलाई ... Read More
माटो जोगाऔं अभियानका अभियन्ताहरुलाई शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघमा स्वागत गरिएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा देशव्यापी रुपमा माटो जोगाऔं अभियानको लागि ३५०० किलोमिटर दौडन काठमाडौंबाट जेष्ठ ३० गतेदेखि सुरुभएको धावक नविन पुन मगरलगायतको टोलीलाई हेटौंडामा स्वागत गरिएको हो । स्वागत तथा छलफल कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले माटो जीवनको लागि अत्यन्त महत्वपूर्ण रहेकोले भावी पुस्ताको लागि पनि माटो जोगाउन पर्ने धारणा राख्नु भएको थियो ।
माटो जोगाऔं अभियानका अभियन्ताहरुको टोलीलाई प्राज्ञिक विद्यार्थी नेपाल र ईशा फाउण्डेशन नेपालका प्रतिनिधिहरुले पनि हेटौंडाको बुद्धचोकमा विभिन्न नाराहरु उद्घोष गर्दै स्वागत एवम् अभिनन्दन गरेको उनीहरुले ... Read More
मकवानपुरमा एक दिवशीय श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा ELMS Operation Unit का Team Leader चन्द्रकान्त अधिकारीको सहजिकरणमा कार्यक्रम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल एशोसिएसन नेपालको संयुक्त सहकार्यमा श्रम बजार सर्वेक्षण कार्य भएको ELMS Operation Unit का Team Leader चन्द्रकान्त अधिकारीले कार्यक्रममा बताउनु भयो । कृषि, पर्यटन र निर्माण व्यवसायमा केन्द्रित रहेर सर्वेक्षण गरिएको उहाले जानकारी गराउनु भयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) संग समन्वय ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम गरेको छ । मकवानपुर जिल्लाको १० वटा पालिकाका प्रमुख तथा उप्रमुख, हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाका अध्यक्ष तथा हेटौंडाको कार्यपालिका सदस्यहरुको सम्मान कार्यक्रम गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाले हेटौंडाको व्यवसायीहरुको हकहितमा उपमहानगर लागिरहने बताउनु भयो । उहांले साना ठूला सबै व्यवसायीलाई लक्षित गरी व्यावसायिक सीप प्रदान गरिने बताउनु भएको थियो ।
कार्यक्रममा उपमेयर राजेश बानिया, भीमफेदी गाउंपालिकाका अध्यक्ष हिदम लामा, बकैया गाउंपालिकाका अध्यक्ष धर्मराज ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न बस्तुगत संघहरुको नव निर्वाचित कार्यसमितिलाई स्वागत गर्ने कार्यको केही समय अघिदेखि थालनी गरेको छ । यसअघि विभिन्न बस्तुगत संघको नव निर्वाचित कार्यसमितिलाई संघमा निम्त्याई स्वागत तथा छलफल गरिसकेको मउवासंघले सोमबार व्यावसायिक बाख्रापालन संघको नव निर्वाचित कार्यसमितिलाई मउवासंघमा स्वागत गरेको हो । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बाख्रापालन संघको बागमती प्रदेश, मकवानपुर जिल्ला र हेटौंडा नगरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने मउवासंघका पदाधिकारी तथा सदस्यहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
मउवासंघका अध्यक्ष कुष्ण कुमार गुप्ताले बस्तुगत संघहरुको महत्व रहेको, व्यवसायीहरु आफ्नो क्षेत्रको विज्ञ आफै रहेको र उहांहरुलाई प्रोत्साहित गर्न कार्यक्रम सहायक हुने ... Read More
मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी विकास समितिले शुक्रबार मोबाइल बैंकिङ्ग सम्बन्धी एक दिवसीय तालिम सम्पन्न गरेको छ । समितिका सभापति अंकिता सुमार्गीको अध्यक्षतामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिममा महालक्ष्मी विकास बैंक, हेटौंडा शाखाका प्रमुख शम्भु प्रसाद पराजुली र अपरेसन ईन्चार्ज अन्जना ढुसुजुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, सहकोषाध्यक्ष निलम पाण्डे, कार्यसमिति सदस्यद्वय निलम वैद्य, सितादेवी भेटवाल, महिला उद्यमी विकास समितिका पूर्व सभापति सरिदी श्रेष्ठ, महालक्ष्मी विकास बैंक, हेटौंडा शाखाका सुपरभाइजरद्वय रामेश्वर अर्याल, रुषेश कुमार जोशीलगायत ... Read More
संघले शुक्रबार दुईवटा बस्तुगत संघका नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । दामोदर प्रसाद अटलको अध्यक्षतामा रहेको हेटौंडा अटोमोबाइल एशोसिएशन र राजु नेपालको अध्यक्षतामा रहेको मकवानपुर मुद्रण उद्योग संघका पदाधिकारी तथा सदस्यहरुलाईलाई स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा मउवासंघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बस्तगत संघहरुको उत्साह बढाउन र आपसी सम्बन्ध सुमधुर बनाउन स्वागत कार्यक्रमको थालनी गरिएको अध्यक्ष गुप्ताले कार्यक्रममा बताउनुभयो । त्यसैगरी बस्तुगत संघका अध्यक्षहरुले स्वागत ग्रहण गर्नुहुदै स्वागत तथा सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै बस्तुगत संघका समस्याहरु हल गर्न मउवासंघले पहल गर्ने विश्वास लिएको बताउनु भएको थियो । कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, बस्तुगत संघका ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई ११० थान ज्याकेट सहयोग गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय, हेटौंडा–१० मा गई ज्याकेट हस्तान्तरण गरेको हो । टोलीमा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की, श्रीकृष्ण कर्माचार्य र कार्यसमिति सदस्य तेजराज अधिकारीको सहभागिता रहेको थियो ।
... Read Moreमकवानपुर उद्योग वाणिज्य संघले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । बैंक व्याजको दर, सोमा भएको अनियन्त्रित बृद्धि र एल.सि. सम्बन्धी समस्या समाधान हुनुपर्ने व्यहोरा समेटिएको ज्ञापनपत्र बुधबार बुझाइएको हो । मउवासंघ अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेमार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई उक्त ज्ञापनपत्र बुझाएको हो । टोलीमा संघका उपाध्यक्ष राजु अधिकारी, महासचिव दिपक उप्रेती, सचिव माधव ज्ञवाली, सदस्यहरु अनिलभक्त श्रेष्ठ, प्रदिप अर्याल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछाने र कार्यकारी सचिव पवन कार्कीको सहभागिता रहेको थियो ।
मउवासंघका अध्यक्ष गुप्ताले पटक–पटकको कोभिड महामारीलगायतका समस्याहरुले आक्रान्त भएको अवस्था र ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले सोमबार बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठलाई नापतौल कार्यालय हेटौंडामा राख्न अनुरोधसहित ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा सचिव माधव ज्ञवाली, कार्यसमिति सदस्य प्रदिप अर्याल र कार्यकारी सचिव पवन कार्की सम्मिलित टोलीले मन्त्रालय पुगी अनुरोध गरेको थियो । मन्त्री मिलन बाबु श्रेष्ठले नापतौल कार्यालय हेटौंडामा राख्नको लागि आफूले काम अघि बढाउने टोलीलाई बताउनु भएको छ ।
देश संघीयतामा गएपनि नापतौल कार्यालय हेटौंडामा नरहेकोले बागमती प्रदेशअन्तर्गत मकवानपुरका उद्योगी/व्यवसायी अर्को प्रदेशमा गएर नापतौल उपकरणहरुको दर्ता नविकरण गर्न वाध्य भएको जिकिर गरिएको थियो ।
नापतौल कार्यालय नहुदा उद्योगी/व्यवसायीहरुले ढक, काटा, ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस २०७८ मनाएको छ । हेटौंडाको बसामाडी निवासी दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण गरी उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा उक्त खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो । एकै परिवारका पाच सदस्य मध्ये तीनजना सदस्य दृष्टिविहिन रहेकोले सो परिवारमा आर्थिक समस्या परेको जानकारी आएकोले सहयोग गरिएको कार्यवाहक अध्यक्ष अनिल अग्रवालले बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गी, कार्यसमिति सदस्यहरु ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले वीरगंज उद्योग वाणिज्य संघको टोलीलाई शनिबार हेटौंडामा स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी टोलीलाई हेटौंडामा स्वागत गरिएको हो । वीरगंज उवासंघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताको नेतृत्वमा टोली हेटौंडा आएको थियो । टोलीमा वीरगंज उवासंघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, सचिव अरविन्द्र अमात्य, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सदस्यहरु रविन्द्र वर्णवाल, मनोज शर्मा, सुरेशकुमार रुंगटा, अंकित खेतान, प्रमोदकुमार चौरसिया, कार्यकारी सचिव सुनिलकुमार कण्ठ र अधिकृत खड्ग रावलको सहभागिता रहेको थियो । त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्वल चौलागाई, राजु ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले आफ्ना दुई बस्तुगत संघ मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ र मदिरा व्यवसायी संघको नव निर्वाचित कार्यसमितिलाई बुधबार एक कार्यक्रम आयोजना गरी उहाहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ र मदिरा व्यवसायी संघको नव निर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । त्यसैगरी मउवासंघको तर्फबाट सल्लाहकार महेन्द्र राउत, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत मन्तव्य राख्नुहुदै दुवै संघका नव निर्वाचित कार्यसमितिको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुहुदै साझा विषयहरुमा संस्थागत सहकार्य रहने ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको अयोजनामा एक दिवशीय श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल एशोसिएसन नेपालको संयुक्त सहकार्यमा श्रम बजार सर्वेक्षण कार्य हाल देशका विभिन्न जिल्लासहित मकवानपुर जिल्लामा भइरहेको छ । सर्वेक्षण कृषि, पर्यटन र निर्माण व्यवसायमा केन्द्रित रहेर भइरहेको हो । सर्वेक्षणले नेपाल सरकारका सम्बन्धित निकायलाईसमेत योजना तर्जुमा गर्न भावि दिनमा सहयोगी हुने विश्वास लिइएको छ । त्यसैगरी रोजगारदाता र दक्ष व्यक्ति बीच उपयुक्त ... Read More