News & Events »

संघबाट राहत सामग्री जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पु-याइयो (२०८० कात्तिक २३)

Rahat

जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर २०८० कात्तिक १७ गते रातको ११ः४७ बजे गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट प्रभावितहरुका लागि मकवानपुरबाट राहत सामग्री पु-याइएको थियो । राहत सामग्रीसहित मंगलबार हेटौंडाबाट हिडेको टोली बिहिबार रुकुम पश्चिम पुगेको हो । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कोभिड महामारीको समयमा राहत सहयोगार्थ सहकार्य गरिएका नारायणी यातायात व्यवसायी संघलगायत अन्य १९ वटा संघसंस्थाहरु र कपडा तथा तयारी पोशाक व्यवसायी संघको तर्फबाट राहत सामग्री सहयोग भएको हो । उक्त राहत सामग्रीहरुमा १८x२४ को त्रिपाल ७५ थान, डसना १०० पिस, कुर्थासुरुवाल ७० सेट र कुर्था ३० पिस रहेको थियो ।

Rahat1
संघ, हेटौंडा उपमहानगरपालिका तथा धर्मकाटा व्यवस्थापन समितिको तर्फबाट राहत सामग्री एकै लटमा रुकुम पश्चिम पठाइएको हो । संघका कार्यसमिति सदस्य नेत्रप्रसाद खतिवडा, सल्लाहकार सरोज कुमार खनाल र सदस्य विजय गौतम राहत वितरणको लागि रुकुम पश्चिम जानुभएका थिए । रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback