सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद मकवानपुरमा आईपुग्नु भएको थियो । सोही अवसर पारेर हेटौंडामा आउनुभएका सबै सा“सदहरुलाई संघले मकवानपुरका धार्मिक, ऐतिहासिक स्थलहरु अंकित मायाको चिनो प्रदान गरेको थियो । संघका अध्यक्ष कृष्ण कटुवालज्यूसहित वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाटलगायतले सभा सदस्यको स्वागत गर्नुहु“दै ती मायाको चिनो सपथ ग्रहण स्थलमा वितरण गर्नुभएको हो ।