News & Events »

हेल्प डेस्कलाई पेट्रोलियम विक्रेता संघको सहयोग (२०७८ जेष्ठ २८)

COVID Help Desk28

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व तथा नारायणी संघ हेटौंडा, नारायणी यातायात कम्पनी प्रा. लि., निर्माण व्यवसायी संघ, मकवानपुर होटल एशोसिएशन, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता मञ्च मकवानपुर, लायन्स क्लब, नेपाल पत्रकार महासंघ, सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदाधिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगर, नेपाल औषधी व्यवसायी संघ, कृष्ण प्रणामी समाज मकवानपुर, मारवाडी एशोसिएसन मकवानपुर, नारायणी पेट्रोलियम विक्रेता संघ, सर्वाजनिक मकवानपुर यातायात प्रा. लि., मकवानपुर बचत तथा ऋण सहकारी संस्था, मकवानपुर जागरण मञ्च र अफिनको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले शुक्रबार दुई सिलिण्डर अक्सिजन सहयोग गरेको छ । हेटौंडा–६, रंगशालाका एकजना बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो ।

हेल्प डेस्कबाट शुक्रबार हेटौंडा–२, चौकिटोलस्थित ऊँ बृद्धाश्रम र हेटौंडा–५, सिचाईटोलस्थित ग्रामिण सुधार मञ्चद्धारा संचालित हाम्रो घरलाई खाद्य सामग्री वितरण गरिएको छ । ऊँ बृद्धाश्रमलाई स्याऊ ५ किलो, चना १० किलो, चिनी १० किलो र तेल १० लिटर सहयोग गरिएको छ भने हाम्रो घरलाई चामल ५० किलो, स्याऊ ५ किलो, दाल १० किलो, चना १० किलो, तेल ५ लिटर, बेसार २ किलो, चाउचाउ १ काटुन, ब्रस २४ थान र मञ्जन ६ थान सहयोग गरिएको छ । मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटले संयोजन गर्नुभएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, कोभिड हेल्प डेस्क मकवानपुरका सदस्यहरु श्यामसुन्दर ढकाल, शंकरलाल श्रेष्ठ, बासु खतिवडा, मउवासंघका सचिव सन्तोष कुमार अर्याल, महिला उद्यमीहरु अंकिता सुमार्गी, सिता भेटवाललगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी गढी गाउंmपालिकालाई १० लिटर सेनिटाइजर र ५०० थान माक्स प्रदान गरिएको छ । वितरण कार्यक्रममा मउवासंघका कार्यसमिति सदस्यहरु माधव ज्ञवाली, कृष्ण प्रसाद ढुंगानालगायतको सहभागिता रहेको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरलाई नारायणी पेट्रोलियम विक्रेता संघले शुक्रबार रु. ७५,०००।– सहयोग गरेको छ । पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले उक्त सहयोग रकम बुझ्नु हुंदै धन्यवाद ज्ञापन गर्नुभएको थियो । निजीतर्फका उपाध्यक्ष सुधिर दहालको सहजिकरणमा नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरले पल्पसा आइसोलेशन सेन्टरलाई औषधीहरु सहयोग गर्नुभएको थियो ।
कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट बिहीबार ३८ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये २ जना अस्पतालमा र ३६ जना घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको छ ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback