News & Events »

हेउमनपा समक्ष जग्गा माग (२०७९ भाद्र १३)

Letter for land
मकवानपुर उद्योग बाणिज्य संघले बस्तुगत संघहरुको संयुक्त भवन निर्माण गर्न जग्गा माग गरेको छ । संघका उपाध्यक्ष तथा बस्तुगत समन्वय समितिका संयोजक राजु अधिकारीको नेतृत्वमा संघका कार्यसमिति सदस्य प्रदिप अर्यालसहित विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिताको टोली हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय गई मेयर मिना लामा र उपमेयर राजेश बानियाँसमक्ष अनुरोध पत्र बुझाएको हो ।
मेयर मिना लामाले पत्र ग्रहण गर्नुहुंदै जग्गाको पहिचानपश्चात उपलब्ध गराउने बताउनु भएको थियो । उपमेयर राजेश बानियाँले हेटौंडा उपमहानगरपालिका कार्यालयमा व्यवसायीहरुलाई बुझेको नेतृत्व रहेकाले सहयोग हुने विषयमा आश्वस्त पार्नुभएको थियो ।

बस्तुगत संघहरुको छुट्टाछुट्टै भवन निर्माण गर्नुभन्दा एकीकृतरुपमा भवन बनाएर अगाडि बढ्न सहज हुने भएकाले सोही अनुसार जग्गा माग गरिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा बस्तुगत समन्वय समितिका संयोजक राजु अधिकारीले बताउनु भएको थियो । भवन निर्माणका लागि करिब १४ कठ्ठा जग्गा आवश्य रहेको र हेटौंडा–६ र १७ मा जग्गाको खोजी भइरहेको उहांले बताउनु भयो । बस्तुगत संघहरुलाई थप सक्रिय र प्रभावकारी बनाउन उपमहानगरको सहयोग आवश्यक रहेको र व्यवस्थितरुपमा संघ सञ्चालन गर्दा नगरको विकासमा टेवा पु¥याउन सकिने उहांको भनाई रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback