News & Events »

सिसी क्यामेराको समुदघाटन


     हटौंडाको वजार क्षेत्रमा जडान गरिएको सिसी क्यामेराको औपचारिक उद्घाटन गरिएको छ । गृह मन्त्रालयका सहसचिव एकनारायण अर्यालले सिसी क्यामेराको उद्घाटन गर्दै सिसी क्यामेरा जडान पश्चात हेटांैडामा अपराध न्यूनिकरण गर्न सघाउ पुयाउने विश्वास व्यक्त गर्नुभयो । सिसी क्यामेराबाट जिल्लामा हुने अपराधिक गतिविधि नियाल्न सकिने र प्रहरीलाई काम गर्न समेत सहज हुने उहा“ले बताउनुभयो ।
मकवानपुरका तात्कालिन प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको सक्रियतामा थालनी गरिएको सिसी क्यामेरा जडान कार्यले पूर्णता पाएपछि वजारमा भएका अपराधिक गतिविधिमा कमी आएको प्रहरी उपरीक्षक गणेश वहादुर ऐरले बताउनुभयो ।
   हेटौंडामा सिसी क्यामेरा जडान भएपछि वजारका विभिन्न स्थानमा भएका घटना, दुर्घटनाहरु सिसी क्यामेराको माध्यमबाट निगरानी गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्६«ोल रुम मार्फत वजारका गतिविधिलाई अवलोकन गरेर केही घटना हुने वित्तिकै वा आशंका लागेका विषयमा  छानविन गरिने उहा“ले बताउनुभयो । भ्डिभाड भएमा, दुर्घटना वा कुनै आपराधिक घटना हुन सक्ने आशंका भएमा प्रहरीले सिसी क्यामेरा मार्फत निगरानी गरेर प्रहरी परिचालन गर्दै आएको छ । करिब २७ लाख लागतमा राखिएको सिसी क्यामेराको लागि जिल्ला विकास समिति मकवानपुरले छ लाख, हे६ौं८ा नगर पालिकाले ४ लाख, व्यवसायीहरुले छ लाख, ४६ हजार र मकवानपुर उद्योग वाणिज्य संघले बा“की खर्च व्यहोरेको हो । बैंक तथा वित्तिय संस्थाहरु, होटल, सुनबाट आउन बा“की रहेको छ । पिटिजेड दुई थान र फिक्सड घट थान क्यामेरा जडान गरेर घटेका घटनाहरु सहजै पत्ता लगाउन सिसी क्यामेराको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ । एक वर्षभन्दा वढी सिसी क्यामेरा जडान गर्ने वहश पश्चात २०७० साल फागुनको दोश्रो सातादेखि सुचारु भएको सिसी क्यामेरा जडानले चैत्र दोश्रो साताबाट पुर्णता पाएपछि वजारका हरेक गतिविधिलाई जिल्ला प्रहरी कार्यालउको कन्ट्रोल रुममा वसेर निगरानी थालिएको छ ।
    डिजिटल भिडियो रेकर्डिङ सिष्टमबाट कैद गरिएका भिडियोमार्फत कुनैपनि घटनामा कस्को गल्ती छ भन्ने कुरा सहजै पत्ता लगाउन सकिनेछ । क्यामेरा जडान भएपछि भएका साना ठूला दुई दर्जन वढी दुर्घटनाहरुको सिसी क्यामेरामा कैद भएका दृश्यले सहजै दोषी पत्ता लगाईएको छ । अपराध रोकथाम र अनुसन्धानमा सिसी क्यामेराबाट कैद गरिएका भिडियोले सहयोग पुँयाएको मकवानपुरका प्रहरी उपरीक्षक ऐरले बताउनुभयो ।
    हटौंडाको बुद्धचोक, वसपार्क, स्कूलरोड, सिमाचोक, बंैकरोड, पुरानो मकवानपुर रोड अस्पताल  लगायतका स्थानमा घड वटा सिसी क्यामेरा राखिएको छ । सिसी क्यामराका कारण कुनै पनि घटनाको प्रहरीलाई सूचना हुने र नगरको सुरक्षामा पनि सुधार भएको सं३का अध्यक्ष भुवनलाल श्रेष्७ले बताउनुभयो । सिसी क्यामेरा ज८ान भएपछि शान्ति सुरक्षाको अझै प्रत्याभूति भएको उहा“को भनाई थियो ।
  सिसी क्यामेराका कारण दिन र रात्री  समयमा हुने गरेको अपराध, गुण्डागर्दीमा कमी आएको प्रहरीको भनाई छ । सिसी क्यामेरामा रेकर्८ भएका भिडियोहरु १५ देखि १९ दिनसम्म रेकर्ड बस्नेछ भने बा“की आवश्यक क्लिपहरु रेकर्ड गरेर प्रमाणको रुपमा सुरक्षित राखिनेछ । कार्यक्रम संघका अध्यक्ष भुवनलाल श्रेष्ठको सभापतित्व तथा गृह मन्त्रालयका सहसचिव एकनारायण अर्यालको प्रमुख आतित्यथामा भएको थियो ।  



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback