News & Events »

सभासद सम्मान कार्यक्रम

संविधानसभाको निर्वाचनमा मकवानपुरबाट चुनिएका प्रतिनिधिहरुले आफूहरु जिल्लाको औद्योगिक विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको स्वागत कार्यक्रममा बोल्दै नवनिर्वाचित सभासदहरुले संविधान निर्माण भए मात्रै देशले निकास र समृद्धि पाउने दावी गर्दै संविधान निर्माणपछि देश स्वतः विकासको गतिमा जाने बताए ।
    कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित इन्द्र बानिया“ले जनताले आफूहरुलाई संविधान निर्माणका लागि चुनेको बताउ“दै उनीहरुको म्यान्डेडअनुसार काम गर्ने बताउनुभयो । आफू र आफ्नो पार्टीले आगामी दिनमा बन्द हड्ताल नगर्ने प्रतिवद्धता जनाएको भन्दै आगामी दिनमा त्यसलाई कार्यान्वयन गर्नमा जोड दिने उहा“को प्रतिवद्धता थियो । ‘औद्योगिक अवस्था नसुध्रेसम्म देशको अवस्था सुध्र“दैन,’ उहा“ले भन्नुभयो–‘त्यसको लागि बन्द हड्ताल हुनै दिनुहुन्न ।’ बन्दले गर्दा यातायात र औद्योगिक क्षेत्र बढी प्रभावित हुने भएकाले औद्यागिक प्रवद्र्धनकै लागि भए पनि आफूले बन्द हड्ताललाई निरुत्साहित गर्न कदम चाल्ने बताउनुभयो । देशको
राजनीतिक सवालमा बोल्दै उहा“ले सहमतीय सरकार नबने संविधान बन्न मुस्किल हुने तर्क राख्नुभयो । ु‘कसैलाई पाखा राखेर संविधान बनाउ“दा भोलि कार्यान्वयनमा समस्या देखिन्छ, त्यसैले सबैको भावना समेटेर संविधान जारी
गरिनुपर्छ, उहा“ले भन्नुभयो ।
    मकवानपुर २ नम्बर क्षेत्रबाट नेकपा एमालेका तर्फबाट निर्वाचित सुवासचन्द्र ठकुरीले आफूलाई जनताले जिताएकाले जनताकै कामका निम्ति समय खर्चने बताउनुभयो । तोकिएकै समयमा संविधान जारी गर्न आफूले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उहा“को प्रतिवद्धता थियो । हेटौंडा–काठमाडौं–सुरुङमार्ग निर्माण पूरा गरी हेटौंडालाई वृहद औद्योगिक क्षेत्रको रुपमा विकास गर्नमा आफूको योगदान रहनेसमेत उहा“को भनाइ थियो । मकवानपुरमा निर्माण हुन थालेको राष्ट्रिय महत्वको विकास निर्माणले मकवानपुरलाई मात्र नभई समग्र राष्ट्रलाई नै अग्र गतिमा लैजाने उहा“ले बताउनुभयो । राजनीतिक सवालमा कुरा गर्दै उनले शासकीय स्वरुप, राज्य पुनसंरचना लगायतका विषय सकभर राजनीतिक सहमतिमै टुङ्ग्याउनुपर्ने नभए जनमत संग्रहमा जानुपर्ने धारणा राख्नुभयो ।
    एमालेकै तर्फबाट क्षेत्र नम्बर ३ बाट निर्वाचित अनन्त पौडेलले संविधान निर्माणपछि देशमा सुशासन र  विकास स्वतः आउने दावी गर्दै आफूले संविधान निर्माणलाई नै पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । आफ्नो पार्टीले एक वर्षभित्र संविधान जारी गर्ने लक्ष्य
राखेको भन्दै उहा“ले त्यही उद्देश्यमा आफ्नो भूमिका केन्द्रित हुने बताउनुभयो । देशको औद्यागिक विकास र आर्थिक विकासलाई मध्ये नजर गरेर आफूहरुले घोषणापत्रमै बन्द नगर्ने प्रतिवद्धता जनाएको पौडेलले बताउनुभयो । जनमतको भावना विपरित नजाने प्रतिवद्वता जनाउ“दै उहा“ले जनताले आफूहरुलाई पूर्ण विश्वास गरेको भनाइ राखे ।
    मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठले मकवानपुरको औद्यागिक विकास र आर्थिक गतिविधि बढाउनको लागि सभासदहरुले खेल्ने भूमिकाका
बारेमा जिज्ञासा राख्नुभएको थियो । महिला उद्यमी विकास समितिका अध्यक्ष शर्मिला डंगोलले नवनिर्वाचित सभासदहरुले संविधान निर्माणलाई पहिलो प्राथमिकतामा राखी औद्यागिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । उद्योगमा आउने विभिन्न समस्याकै कारण बन्द हुने अवस्थासम्म आइरहेको भन्दै त्यसलाई रोक्न लाग्नुपर्नेमा उहा“को जोड थियो । कार्यक्रममा संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल, संघका पश्चिमी क्षेत्र अध्यक्ष गोविन्द रिजाल, तरकारी तथा फलफूल व्यापारी संघका अध्यक्ष खड्गबहादुर मोक्तान, पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्ट, संघका उपाध्यक्ष प्रकाश ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback