मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा लोडसेडिङ सम्बन्धी एक दिवसीय छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । मकवानपुर जिल्लाका राजनैतिक दल तथा भातृ संगठनहरुका प्रमूख तथा प्रतिनिधिहरु, नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख दिर्घायु श्रेष्ठलगायत जिम्मेवार कर्मचारीहरु, उद्योग संघ मकवानपुरका पदाधिकारीहरु तथा उद्योगी÷व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
मकवानपुर जिल्लामा तीन ओटा विद्युत आयोजना ह“ुदाहुदै लोडसेडिङ नघट्नु दुःखद् भएको सहभागिहरुले प्रतिक्रिया व्यक्त गरेका थिए । जिल्ला भित्र लोडसेडिङ कम गर्ने सम्बन्धमा यसअघिनै धेरै छलफल, सहमति तथा विचारविमर्शहरु भएपनि हालसम्म कुनै उपलब्धी हुन नसकेको कार्यक्रममा बताइएको छ, र यस छलफलले एउटा निश्कर्ष दिनैपर्नेमा सहभागिहरुले जोड दिएका थिए । छलफलपश्चात अन्य जिल्ला भन्दा मकवानपुर जिल्लामा कम लोडसेडिङ गर्ने सहमति जुटेको छ । साथै देशकै ठूलो हेटौंडाको औद्योगिक क्ष्ँेत्रको लागि भने एक कार्यदल तयार गरी नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यलयमै गई विशेष व्यवस्थाको लागि पहलसमेत गरिने जनाइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका प्रदिप कोइराला, एमालेका एकालाल श्रेष्ठ, राप्रपा नेपालको युवा संगठनका अर्जुन ढंगाना, नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, सदस्य अनिल अग्रवाल, उद्योग संघ मकवानपुरका महासचिव स्वागतराज प्याकुरेल, व्यवसायी राजु नेपाललायतका महानुभावहरुले मन्तव्य व्यक्त गरेका थिए ।