News & Events »

राहत वितरण १०० जनालाई (२०७७ कात्तिक २)

मकवानपुर उद्योग वाणिज्य संघले कात्तिक १ गतेबाट शुरु गरेको राहत वितरण कार्यक्रमलाई आइतबार पनि निरन्तरता दिएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा राहत वितरणको कार्यक्रमलाई बडा दशैको दोस्रो दिनमा पनि निरन्तरता दिइएको हो । कार्यक्रम घटस्थापनाको शुभदिनमा हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतित्थ्यतामा बितरण गरि सुरुवात गरिएको थियो ।

Food distribution5

विपन्न मध्येका एकलाई राहत सामग्री प्रदान गरी पूर्व अध्यक्ष तथा प्रमुख अतिथि ढकालले वितरण कार्यको शुभारम्भ गर्नुभएकोे आजको कार्यक्रममा उपाध्यक्ष राम प्रसाद न्यौपाने, कार्य समिति सदस्य कृष्ण ढुंगाना, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
राहत वितरणको पहिलो दिन १०१ जनालाई राहत सामग्री वितरण गरिएकोमा आज दोस्रो दिन १०० जनालाई बितरण गरिएको संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी दिनुभएको छ । कार्यक्रम महासचिव प्रमोदसिंह रानाभाटले संचालन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback