News & Events »

रामेछाप उद्योग वाणिज्य संघको टोलीसंग छलफल (२०८० जेष्ठ ११)

Remechhap CCI visit team

हेटौंडा भ्रमणमा आउनुभएका रामेछाप उद्योग वाणिज्य संघको टोलीसंग छलफल गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभापतित्वमा एक कार्यक्रम आयोजना गरी छलफल गरिएको हो । कार्यक्रममा अध्यक्ष कृष्ण कुमार गुप्ताले भ्रमण टोलीको नेतृत्व गर्नुभएका रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन कुमार थापा मगरलगायतको आठ सदस्यीय टोलीलाई संघमा स्वागत गर्नुभएको थियो । साथै उहाले मकवानपुर उद्योग वाणिज्य संघको गतिविधिहरु बारे भ्रमण टोलीलाई जानकारी गराउनु भएको थियो ।

Ramechhap CCI visit team
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन कुमार थापा मगरले कार्यक्रम आयोजना गरी आतिथ्यता दिएको प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुदै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवालले संघ भवनमा रहेको पसल कवलहरु तथा पल्पसा सदनको आम्दानीले संघलाई सहज भएको र विगतमा स्थानीय तहहरुसंग आर्थिक साझेदारीका कामहरु भएपनि हाल नरहेको बताउनु भएको थियो ।

Ramechhap CCI visit team2
कार्यक्रममा भ्रमण टोली सदस्य होम प्रसाद पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्तोष कुमार अर्याल र वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले मन्तव्य राख्नु भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback