News & Events »

मास्क वितरण र खोप कार्यक्रम सम्पन्न (२०७८ माघ १४)

Mask Distribution1

मकवानपुर उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायी तथा सर्वसाधारणलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित राख्न निःशुल्क मास्क वितरण र खोप कार्यक्रम संचालन गरेको थियो । संघ सचिवालय भवनको अगाडी डेक्स निर्माण गरी निःशुल्क मास्क वितरण कार्यक्रम गरिएको हो । सोही स्थानबाट कोभिड १९ बाट सचेत रहन अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा तथा भ्याक्सिनको महत्वको बारेमा जनचेतनामूलक सूचना सामग्री साउण्ड सिष्टममार्फत प्रचार गरिएको थियो । माघ २ गतेदेखि संचालन गरिएको निःशुल्क मास्क वितरण कार्यक्रम माघ ७ गतेसम्म संचालन गरिएको थियो । जस अन्तर्गत माघ २ गते ५५० थान, ३ गते ५०० थान, ४ गते ४५० थान, ५ गते ३५० थान, ६ गते २५० थान र ७ गते ४५० थान गरी जम्मा २५५० थान मास्क वितरण गरिएको थियो । त्यसैगरी नेपाल पत्रकार महासंघ मकवानपुरलाई १००० थान मास्क सहयोग गरिएको थियो ।

Mask Distribution2

स्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका स्वास्थ्य महाशाखाको सहयोगमा २०७८ माघ ९, १० र ११ गते कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम अन्तर्गत २०७८ माघ ९ गते ५२ जनालाई बुष्टर, पहिलो मात्रा र दोश्रो मात्रा लगाइएको थियो । माघ १० गते १३७ जनालाई बुष्टर, पहिलो मात्रा र दोश्रो मात्रा लगाइएको थियो । त्यसैगरी माघ ११ गते १२४ जनालाई बुष्टर, पहिलो मात्रा र दोश्रो मात्रा लगाइएको थियो ।

Vaccination

हेटौंडा उपमहानगरपालिका स्वास्थ्य महाशाखाको सहयोगमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम अन्तर्गत माघ १२ गते १५९ जनालाई बुष्टर, पहिलो मात्रा र दोश्रो मात्रा लगाइएको थियो । माघ १३ गते जम्मा १५४ जनालाई बुष्टर, पहिलो मात्रा र दोश्रो मात्रा लगाइएको थियो । त्यसैगरी माघ १४ गते १४० जनालाई बुष्टर, पहिलो मात्रा र दोश्रो मात्रा लगाइएको छ । खोपअन्तर्गत जोन्सन, भेरोसेल र कोभिशिल्ड खोप लगाइएको हो। यसरी जम्मा ७६६ जना उद्योगी/व्यवसायी तथा सर्वसाधारण लाभान्वित हुनुभएका थिए । 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback