News & Events »

महिला भेला तथा पार्लर तालिम उदघाटन कार्यक्रमः


    शिक्षा मन्त्री चित्रलेखा यादवले नेपाललाई विकाशित मुलुकको वनाउने हो भने हरेक क्षेत्रमा महिलाको समुचित सहभागिता हुन आवश्यक रहेको  बताउनुभएको थियो।

    महिलामा भएको क्षमता र योग्यता देशको विकासमा प्रयोग गर्नुपर्ने उनको भनाई रहेको छ । मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा सोमवार हेटौडामा भएको वृहत महिला भेला तथा व्यूटिसियन तालिमको उदघाटनका क्रममा मन्त्री यादवले कार्यक्रममा सहभागी महिलालाई आत्मविश्वासका साथ अघि वढनका लागि समेत आग्रह गर्नुभएको थियो ।

    हामी आफैले पनि आपूmलाई कमजोर सोच्न हुदैन मन्त्री यादवले भन्नुभयो महिला कमजोर हुन्छन भन्ने  वुझाई गलत हो, शिक्षाले मानिसलाई प्रगतिपथमा पुन्याउन सहयोग गर्ने भन्दै उने उद्योग वाणिज्य संघले दिन लागेको व्युटिसियन तालिम समेत एक प्रकारको शिक्षा नै भएको दावी गर्नुभएको थियो ।
    यस्तै संविधानसभा सदस्य इन्द्रवहादुर वानियांले समाज परिवर्तनमा महिला पुरुषको समान सहभागिता आवश्यक रहेको बताउनुभयो। समाज सुधारको निम्ति महिलाहरु समेत राजनीती क्षेत्रमा लाग्नुपर्ने  सभाषद बानियाको भनाई छ ।
    यस्तै अर्को संविधानसभा सदस्य अनन्त पौडेलले महिला उद्यमीको विकास नहुन्जेल मुलुक अघि वढन नसक्ने ठोकुवा गरे । अर्थतन्त्रको विकासको लागि समेत महिला उद्यमीको भूमिका महत्वपूर्ण रहेको उनको दावी थियो ।

    नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम सभापति भवानी राणा र वरिष्ठ व्यूटिसियन कमला श्रेष्ठले उद्यमशिलता विकास आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
    मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले महिलालाई उद्यमी एवम व्यवसायी वनाउने उद्देश्यका साथ व्यूटिपार्लर तालिम र महिला भेलाको आयोजना गरिएको बताए ।

        कार्यक्रमा राजनैतिक दलहरुको तर्फबाट नेकपा माले मकवानपुर सचिव भीमसेन महत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समिति पूर्व सभापति शर्मिला डंगोल, सभापति निलम पाण्डे लगायतले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    मकवानपुर उद्योग वाणिन्य संघ महिला उद्यमी विकास समितिद्धारा आयोजित महिला भेला तथा व्यूटिसियन तालिम उदघाटन  गर्दै मन्त्री यादवले महिला विकास सम्बन्धित कार्यमा जोड दिनुभएको थियो ।
        आयोजक संघ अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षता रहेको  कार्यक्रममा नेकपा एमालेका सभासद अनन्त पौडेल, नेपाली काग्रेसका सभासद इन्द्र वहादुर वानिया , नेपाली काग्रेस जिल्ला सभापति रघुरमण न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, नेउवामहासंघ महिला उद्यमी विकास समिति सभापति भवानी राणाको विशेष आतिथ्यता थियो ।

    जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद पौडेल, वरिष्ठ व्युटीसियत कमला श्रेष्ठ मकवानपुर महिला उद्यमी विकास समिति सभापति निलम पाण्डे लगायत जिल्लाका विभिन्न संघ संस्था र राजनैतिक दल तथा उद्योग वाणिज्यसंघका प्रतिनिधिको उपस्थिति थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback