मकवानपुर उद्योग वाणिज्य संघले सोमबार राजश्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक प्रसाद पाण्डे तथा आन्तरिक राजश्व कार्यालय, हेटौंडाका नव नियुक्त प्रमुख कर अधिकृत शालिग्राम आचार्यलगायतको टोलीलाई स्वागत गरेको छ । संघमा एक कार्यक्रम गरी स्वागत गरिएको हो । कार्यक्रममा बोल्नुहुदै मउवासंघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले कोभिड १९ तथा लकडाउनको बावजुद व्यवसायीहरुले कर बुझाएको जिकिर गर्नुभयो । राजश्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक प्रसाद पाण्डेले आफूहरु नियमन गर्ने निकाय भएकाले कसैलाई राजश्व वढाउन जरिवाना नगर्ने बताउदै भिसिटिएस थप आर्थिक दायित्व नभएकाले सबैलाई यसको नियम पालना गर्न आग्रह गर्नुभयो । कार्यक्रमका अतिथिद्वय टंक प्रसाद पाण्डे तथा शालिग्राम आचार्यलाई संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
स्वागत कार्यक्रमपश्चात आन्तरिक राजश्व कार्यालय हेटौंडाका कर अधिकृत बिनोद कुमार कार्कीले करछुट सम्बन्धमा आर्थिक ऐन २०७७/०७८ मा भएका व्यवस्थाबारे श्रब्यदृश्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै राजश्व अनुसन्धान कार्यालय, पथलैयाका होम बहादुर पाण्डेले भिसिटिएस सम्बन्धी प्रावधानहरुबारे श्रब्यदृश्यमार्फत प्रस्तुतिकरण गर्नुभएको थियो ।
कर तथा भिसिटिएस सम्बन्धी प्रस्तुतिपश्चात व्यवसायीहरुसंग अन्तर्क्रियासमेत गरिएको थियो । कार्यक्रममा व्यवसायी तथा मउवासंघका सचिव काव्यमणि अधिकारी, व्यवसायी रामशरण अधिकारीलगायतका व्यवसायीहरुले सोधेका कर सम्बन्धी जिज्ञासा उपर प्रमुख कर अधिकृत शालिग्राम आचार्य तथा कर अधिकृत बिनोद बहादुर कार्कीले जवाफ दिनुभएको थियो । त्यस्तै भिसिटिएस सम्बन्धमा व्यवसायी बिशाल दाहाललगायतले सोधेको प्रश्नको राजश्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक प्रसाद पाण्डे तथा होम बहादुर पाण्डेले जबाफ दिनुभएको थियो ।
संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले व्यवसायीहरुका जिज्ञासा समाधान गरिदिनुभएकोमा दुवै कार्यालयका प्रमुख तथा अन्य अधिकारीहरुलाई धन्यवाद दिनुभयो । महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गरेको कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका सुमन बुढाथोकी, रोविन शाह, सुमन आचार्य तथा संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल कार्यसमिति सदस्यहरु कुलप्रसाद चौलागाई, माधव ज्ञवाली, बस्तुगत संघका प्रतिनिधिहरु तथा अन्य व्यवसयीहरुकोे सहभागिता रहेको थियो ।