मकवानपुर उद्योग वाणिज्य संघले प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई हेटौंडामा स्वागत गरेको छ । आईतबार एक औपचारिक कार्यक्रम आयोजना गरी राठौरको स्वागत गरिएको हो । मकवानपुुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्वय कृष्ण कुमार गुप्ता, राम प्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिवत्रय सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, विष्णु गोपाल महर्जनलगायत कार्यसमितिका सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले मानव बेचविखन, लागू औषध कारोवारजस्ता कार्यले मकवानपुर जिल्लाको साखमाथि प्रश्न चिन्ह रहेको बताउनु भयो । संघले आयोजना गर्ने विभिन्न सिपमूलक तालिमहरुले बेरोजगारी समस्या समाधान गर्न थोरै योगदान गर्न सक्ने अवस्था रहेपनि विगतमा ईच्छुक जनशक्ति नभेटिएको अनुभव बताउनु भयो ।
संघका अध्यक्ष कृष्ण कटुवालले स्वागत कार्यक्रममा जिल्लाको भौगोलिक, आर्थिक सामाजिक स्थिति, संघको भूमिका र विगतमा प्रहरी कार्यालयसंग विभिन्न क्रियाकलापहरुमा सहकार्य हुदै आएको बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुर जिल्लामा हालसम्म काम गर्ने वातावरण सहज पाएको बताउनु भयो । जिल्लामा वालविवाह चुनौतिकोरुपमा रहेको र धेरैजसो अपराध बेरोजगारीको उपज हुने गरेको उहाको जिकिर रहेको थियो । शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आफू सहकार्य गर्न सधै तत्पर रहेको उहा“ले बताउनु भयो ।