मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक सभा तथा निर्वाचन कार्यक्रम २०७७ चैत्र २१, २२ र २३ गते हुने भएको छ । चैत्र २१ गते उद्घाटन सत्र आयोजना गरिनेछ । चैत्र २२ गते उम्मेदवारी दर्ता, मतदाता तथा उम्मेदवार नामावली प्रकाशन आदि रहनेछ । त्यसैगरी चैत्र २३ गते मतदान कार्यक्रम हुनेछ । मतदान कार्यक्रम सम्पन्न भएलगत्तै मतगणना हुनेछ । अन्तिम मत परिणाम घोषणा भएको ३ दिन भित्र पद हस्तान्तरण तथा सपथ ग्रहण गर्ने संघको प्रचलन छ ।