News & Events »

प्रमुख कर अधिकृत मोहलाल जिसीको विदाई (२०७९ चैत्र २६)

Farewell to Chief Tax Officer

मकवानपुर जिल्लामा १६ महिना आन्तरिक राजश्व कार्यालय, हेटौंडाको प्रमुख भई कार्य गर्नुभएका प्रमुख कर अधिकृत मोहलाल जिसीको मकवानपुर उद्योग वाणिज्य संघले आइतबार एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभापतित्वमा विदाई कार्यक्रम गरिएको हो ।

संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले कुशलरुपमा आफ्नो कार्यसम्पादन गर्न सफल हुनुभएकोमा प्रमुख कर अधिकृत मोहलाल जिसीको प्रशंसा गर्नुहुदै सुखद भविष्यको लागि शुभकामना दिनुभएको थियो । त्यस्तै प्रमुख कर अधिकृत मोहलाल जिसीले आफू अधिकृत हुदा ३३ महिना हेटौंडामा रहेको र अहिले अवकासको समयमा अन्तिम कार्यालय पनि हेटौंडा नै भएको बताउनु हुदै नियमहरुको पालना र कार्यान्वयनको चरणमा बाहेक दुःख दिने नियतले आफू प्रस्तुत नभएको बताउनु भयो । उहाले नया आउने प्रमुख कर अधिकृतलाई पनि उद्योगी/व्यवसायीहरुबाट सघाउन अनुरोध गर्नुभयो ।
छलफलको क्रममा लामो समय फर्म दर्ता गरी कारोवार नगरेपनि आन्तरिक राजश्व कार्यालयमा गई स्थगन नगरेसम्म कर तथा जरिवाना जोडिने, हिसाव भइसकेको करमा छुट नपाइने भएपनि जरिवानामा भने सरकारको स्कीम अनुसार छुट हुने, फर्म नामसारी गरेपनि आफ्नो पान स्थगन गर्नैपर्ने नगरेमा कर जोडिने जस्ता विषयहरुमासमेत चर्चा गरिएको थियो ।
कार्यक्रममा फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्याल, संघका कार्यसमिति सदस्य तेजराज अधिकारी, सहकोषाध्यक्ष निलम पाण्डे र कोषाध्यक्ष सन्तोष कुमार अर्याललगायतले आफ्ना भनाई राखेका थिए ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback