मकवानपुर उद्योग वाणिज्य संघ तथा भारतीय वाणिज्य महादूतावासको सहकार्यमा २०७० फागुन ३० गते र चैत १ गते द्विपक्षीय व्यावसायिक
अन्तरक्रिया तथा प्रदर्शनी मेला हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सभागृहमा हुने मेलामा मकवानपुरको उत्पादनहरु हस्तकला, कृषि उपज, हर्वल, तथा गैरकाष्ठजन्य उत्पादनहरुको प्रदर्शनी हुनेछ । उक्त मेलाले नेपाल र भारतको व्यापारिक सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास लिइएको छ । उक्त मेलामा भारतीय महावाणिज्य दूतावासका विशेष व्यक्तिहरु, पट्ना, भारत विहार राज्यका व्यापारीहरुको जमघट हुने हुदा उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार हुने प्रवल सम्भावना रहेको बुझिन्छ । मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन हुनुका साथै समग्र जिल्लाकै आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।