मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गर्ने प्रस्ताव गरिएको पल्पसा आइसोलेशन सेन्टरले सोमबार स्वीकृति पाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डि.सि.सि. यम.सि. बैठकले आइसोलेसन सेन्टर संचालन गर्न सोमबार निर्णय दिएको हो ।
त्यसैगरी कोभिड हेल्प डेस्क मकवानपुरको सदस्य संस्था मकवानपुर होटल एशोसिएशनले हेल्प डेस्कको अभियानलाई सोमबार रु. पैत्तिसहजार सहयोग गरेका छन् । होटल एशोसिएशनका मकवानपुर जिल्ला अध्यक्ष शंकरलाल श्रेष्ठले हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई रकम हस्तान्तरण गरेका हुन् ।
सोमबार कोभिड हेल्प डेक्स मकवानपुरको सचिवालयबाट २३ जना संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनिहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । जसमध्ये ३ जना गौरीटार आइसोलेशनमा, एकजना अस्पतालमा र १९ जना घरमै रहेको जानकारी गराएका छन् । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट फोन सम्पर्क गरी संक्रमितको अवस्थाको रिपोर्ट संकलन गर्दै आएको छ ।