मकवानपुर उद्योग वाणिज्य संघ नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट आइतबार तीनजनालाई विदाई गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म ५६ जना कोभिड संक्रमित भर्ना हुनुभएको मध्ये हाल १५ जना भर्नारत हुनुहुन्छ । बाकी घर फर्किसक्नु भएको छ ।
हेल्प डेस्कबाट एक सिलिण्डर अक्सिजन आइतबार सहयोग गरिएको छ । हेटौंडा–५, पिप्ले निवासी एक बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो ।
पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । आइबार संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको संयोजन रहेको थियो ।