मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरद्धारा संचालित पल्पसा आइसोलेशन सेन्टरमा बिहीबार बेलुकासम्ममा १७ जना कोभिड संक्रमित उपचाररत हुनुहुन्छ । बिहीबार एकजना घर फर्किनु भएको छ भने एकजना नयां भर्ना हुनुभएको छ ।
कोभिड हेल्प डेस्क मकवानपुरद्धारा संचालित पल्पसा आइसोलेशन सेन्टरमा बिहीबार रक्तदान कार्यक्रम गरिएको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रताप विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४७ जना रक्तदाता महानुभावले रक्तदान गर्नुभएको थियो । हेल्प डेस्कका सदस्य कृष्णराज कोइरालाले संयोजन गर्नुभएको कार्यक्रम हेल्प डेस्कका सदस्य सरोज खनालले संचालन गर्नुभएको थियो । रक्तदान कार्यक्रमको फलफूल तथा मिठाईको व्यवस्था कपडा तथा तयारी पोशाक व्यवसायी संघले गरेको छ । रक्तदान जस्तो जीवनउपयोगी कार्यक्रमको लागि कपडा तथा तयारी पोशाक व्यवसायी संघले सघाएको अध्यक्ष तेजराज अधिकारीले बताउनु भएको थियो ।
हेल्प डेस्कबाट बिहीबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–९ निवासी एकजना बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो ।
कोभिड हेल्प डेस्क मकवानपुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट ३९ जना कोभिड संक्रमितलाई फोनमार्फत सम्पर्क गरिएको छ । उहा“हरुमध्ये ३५ जना घरमा र ४ जना अस्पतालमा रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कबाट दैनिक फोन सम्पर्क गरी उहाहरुको अवस्था बुझ्ने, स्वास्थ्य परामर्श दिने, समस्या परेमा सम्पर्क गर्न अनुरोध गर्ने र पल्पसा आइसोलेशन सेन्टरमा भर्ना हुन पनि अग्रह गर्ने गरिएको छ ।
पल्पसा आइसोलेशन सेन्टरलाई बिहीबार ३० कार्टुन पानी सहयोग प्राप्त भएको छ । हेटौंडा–५, भैरवरोडस्थित हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट उक्त सहयोग भएको हो । पानी हस्तान्तरण कार्यक्रममा सहकारीका अध्यक्ष चक्रधर विडारी, कोषाध्यक्ष राजेन्द्र लामिछाने, सदस्यहरु तोताद्रीनाथ पौडेल, दिपेशमणि भण्डारी, सुदर्शन पाठक र हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्य भीम गौतम, पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कार्यसमिति सदस्य श्रीकृष्ण कर्माचार्यलगायतको उपस्थिति रहेको मउवासंघका सचिव सन्तोष अर्यालले जानकारी गराउनु भएको छ ।
पल्पसा आइसोलेशन सेन्टरको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको नेतृत्वमा आउनुभएका अधिकारीहरुले आइसोलेशनको अनुगमन गरेका हुन् । उहा“हरुले आफ्नो तर्फबाट रायसुझाव दिनुभएको हेल्प डेस्कका सदस्य सरोज खनालले जानकारी गराउनु भएको छ ।