News & Events »

दाताको सहयोग र व्यवस्थापन टिमको लगनशीलताले पल्पसा आइसोलेशन चल्दै (२०७८ आषाढ २)

COVID Help Desk3.2

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा बुधबार बेलुकासम्ममा १७ जना संक्रमित उपचाररत हुनुहुन्छ । बुधबार आइसोलेशनबाट दुईजना संक्रमित घर फर्किनु भएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी गराउनु भएको छ ।

कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट बुधबार १० जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । सबैजना संक्रमितले घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको छ ।

मकवानपुर कुखुरा व्यवसायी संघबाट हेल्प डेस्कलाई सहयोग प्राप्त भएको छ । कुखुरा व्यवसायी संघबाट ३५ क्रेट अण्डा र ४० किलो मासु सहयोग भएको हो । मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल, उपाध्यक्ष जयराम अर्याल र महासचिव श्यामसुन्दर परियारले बुधबार उक्त सहयोग गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य सरोज खनाल, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कार्यसमिति सदस्य श्रीकृष्ण कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।
२५ सिलिण्डर अक्सिजन खरिद गर्न हेल्प डेस्कलाई बुधबार सहयोग जुटेको छ । मकवानपुर बचत तथा ऋण सहकारी संस्थाले हेल्प डेस्कलाई अक्सिजन गरिद गर्न नगद रु. १७,५००।– सहयोग गरेको हो । सहकारीका कोषाध्यक्ष भुवनलाल श्रेष्ठले उक्त सहयोग रकम हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य सरोज खनाल, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कार्यसमिति सदस्य कृष्णहरि बर्तौला, मउवासंघ पश्चिम क्षेत्र समिति मनहरीका वरिष्ठ उपसभापति गणेश मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरलाई ग्लुको मिटर एकथान र तौल मेसिन एकथान सहयोग प्राप्त भएको छ । नेपाल परिवार नियोजन संघबाट उक्त ग्लुको मिटर र तौल मेसिन सहयोग प्राप्त भएको हो । परिवार नियोजन संघका अध्यक्ष निगम श्रेष्ठले पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सदस्य सरोज खनाल, माउवासंघका कोषाध्यक्ष अनिल अग्रवाल, दिनेश उपाध्याय, लक्ष्मण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटीले हेल्प डेस्कलाई सहयोग गरेको छ । रेडक्रसबाट दुईथान त्रिपाल सहयोग प्राप्त भएको हो ।
मकवानपुर भांडा व्यवसायी संघका अध्यक्ष हेमराज बानियाबाट पल्पसा आइसोलेशन सेन्टरलाई मासु खरिद गर्न रु. २,८००।– नगद सहयोग प्राप्त भएको छ । व्यवसायी चिरञ्जिवी खतिवडाले कोभिड हेल्प डेस्क मकवानपुरलाई सहयोग गर्नुभएको छ । हेल्प डेस्कको व्यवस्थापनमा खट्नुहुने महानुभावहरुको लागि उहांले चाउचाउ सहयोग गर्नुभएको हो । त्यसैगरी व्यवसायी गजेन्द्र केशरीबाट हेल्प डेस्कलाई चाउचाउ पांच कर्टुन सहयोग गर्नुभएको छ । व्यवसायी राजेन्द्र लामिछानेबाट एक बोरा सरफ र माक्स ५० थान सहयोग प्राप्त भएको छ । हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु सरोज खनाल, भुवनलाल श्रेष्ठ, शंकरलाल श्रेष्ठ, पवन अग्रवाल, रामकुमार एलन, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको उपस्थिति रहेको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरद्धारा संचालित पल्पसा आइसोलेशन सेन्टरले आषाढ ३ गते बिहीबार बिहान ७ बजेबाट १० बजेसम्म हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको आन्तरिक तयारीको कार्य पूरा भएको कार्यक्रम संयोजक कृष्णराज कोइरालाले जानकारी गराउनु हुंदै रक्तदानको लागि ईच्छुक महानुभावहरुले समयमै सम्पर्क राख्न उहांले अनुरोध गर्नुभएको छ ।

COVID Help Desk3.02





Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback