News & Events »

गढी किल्लामा शिलालेखः


            मुलुककै सबैभन्दा पुरानो गढी किल्लामा बुधबार एतिहासिक शिलालेख राखिएको छ । मकवानपुर गढी गाविस–३ मा रहेको मकवानपुर गढी दरबार किल्लामा बुधबार एतिहासिक शिलालेख राखिएको हो । मकवानपुर राज्यका बारेमा पूरा विवरण सहितको शिलालेख राखिएको हो । मकवानपुरगढी किल्लाको बारेमा विभिन्न जानकारी र तथ्य सुन्दै आएपनि अहिलेसम्म लिखित रुपमा राखिएको थिएन । मकवानपुरको राज्यका बारेमा जानकारी दिने र इतिहासलाई जिवितै राख्ने उद्देश्यले संघ÷ पर्यटन विकास समितिको पहलमा शिलालेखसहित नेपालको भण्डोतोलन गरिएको हो । शिलालेख स्थानीय विकास अधिकारी भोजराज खतिवडा र नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले पतिस्थापन तथा झण्डोतोलन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारीले जिल्लाको ऐतिहासिक स्थलको संरक्षण र प्रचार प्रसार आवश्यक रहेको बताउनुभएको थियो । उहाँले जिल्ला विकास समितिले पनि यसको प्रचार प्रसारमा लागिपरेको जानकारी गराउनुभएको थियो ।
    त्यसैगरि कार्यक्रममा पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सबै मिलेर एतिहासिक स्थलको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले जिल्लाको पहिचान र पर्यटकको प्रवल सम्भावना बोकेको मकवानपुर गढी किल्लाको संरक्षण स्थानीयसंगै राज्यले पनि चासो राख्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा मकवानपुर गढी किल्ला र इतिहास लेखक केदार न्यौपानेले जानकारी दिनुभएको थियो । उहाँको अनुसार मकवानपुर राज्यको वि.सं. १६१० मा राजधानी मकवानपुरगढीमा स्थापना गरिएको थियो । सेनराजाको थलोको निशाना मेट्ने कार्य भने वि.सं. १८१९ भदौ ९ गते भएको थियो । डेढ फुट लम्बाईको शिलालेखमा मकवानपुर राज्यको बारेमा सबै कुरा समेटिएको न्यौपानेले जानकारी दिनुभएको थियो । मकवानपुर राज्यको चौहद्धी पूर्वमा टिष्टा नदी (कामाक्षमाई, पश्चिम चितवनको माडी सुगौलीसम्म रहेको ईतिहाँसकार बताउँछन् ।
    युद्धमा बंगालको सेनलाई पराजित गरेको स्थानमा पनि शिलालेख राखिएको छ । मकवानपुर गढीको शिखरकटेरीमा विजय प्राप्त गरेको स्थानमा एतिहासिक शिलालेख राखिएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ÷ पर्यटन विकास उपसमितिका संयोजक विष्णुगोपाल महर्जन, मकवानपुर गढी पर्यटन विकास समन्वय समितिका उपाध्यक्ष घनश्याम शर्मा, कोषाध्यक्ष विन्दुगोपाल गोर्खाली, सहसचिव वकिलराज बानियाँ, सदस्य शैकरलाल श्रेष्ठ, होटल एसोसियसनका अध्यक्ष भगिरथ शर्मा, डा. बलराम भट्ट, संघका महासचिव महेन्द्र राउतलगायतकाको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback