News & Events »

कोभिड हेल्प डेस्क मकवानपुरलाई सहयोग (२०७८ जेष्ठ २१)

COVID Help Desk12 6

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा शुक्रबार एकजना संक्रमित थप भर्ना हुनुभएकोमा हेल्प डेस्कका डाक्टरबाट जा“च गर्दा अस्पतालमै राखेर उपचार गर्नपर्ने देखिएकोले अस्पताल रिफर गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरमा चारजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । संक्रमितलाई बिहान र बेलुकाको खानाको व्यवस्था कृष्ण प्रणामी समाजले गरिरहेको छ । कृष्ण प्रणामी समाजबाट आइसोलेशन सेन्टरमा खटिरहेका नर्स तथा व्यवस्थापन टोलीसमेतलाई खानाको व्यवस्था गरिएको छ । जेष्ठ १९ गतेदेखि २१ गतेसम्म बिहान बेलुका गरी ७७ जनाको खानाको व्यवस्था कृष्ण प्रणामी समाजबाट भएको छ ।
मउवासंघका अध्यक्ष सल्लाहकार नरोत्तम दहालले शुक्रबार रु. ७० (सत्तरी) हजार रकम कोभिड हेल्प डेस्क मकवानपुरलाई हस्तान्तरण गर्नुभएको छ । दहालका विदेशमा रहनुभएका दुई छोराहरु प्रशान्त दहाल र निशान्त दहालले उक्त सहयोग रकम विदेशबाट पठाएका हुन् । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसैगरी मकवानपुर होटल एशोसिएशनका अध्यक्ष शंकरलाल श्रेष्ठले दुई थान पिपिई हेल्प डेस्कलाई सहयोग गर्नुभएको छ ।
कोभिड हेल्प डेक्स मकवानपुरको सचिवालयबाट शुक्रबार २५ जना संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गरिएको छ ।
शुक्रबार २० सिलिण्डर अक्सिजन भर्ने कार्य गरिएको छ भने एक सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । पल्पसा आइसोलेशनको लागि दुई सिलिण्डर अक्सिजन तयारी अवस्थामा राखिएको छ । कोभिड हेल्प डेस्क मकवानपुरका सदस्य संस्था सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगरद्धारा संचालित एम्बुलेन्स २४ घण्टा सुविधा प्रदान गर्नेगरी पल्पसा परिसरमा राखिएको छ । कोभिडको महामारीमा एम्बुलेन्सको सुविधा जुनसुकै समयमा पनि आवश्यक पर्नसक्ने भएकोले सेवाको लागि तयार अवस्थामा रहेको सेवा केन्द्रका अध्यक्ष राम विष्टको भनाइ थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback