कोभिड हेल्प डेस्क मकवानपुरले शनिबारबाट सेवाको शुरुवात गरेको छ । शनिबार १३० जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने र समस्या परेमा सम्पर्क गर्न आग्रह गरिएको छ । समस्याग्रस्त संक्रमितहरुलाई यथोचित सहयोग तथा समन्वय गरी हौसला र उपचारमा सहजिकरण गर्ने डेस्कको लक्ष्य अनुसार काम अघि बढाइएको हो । मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय रहेको कोभिड हेल्प डेस्क मकवानपुरका अनमी दिव्या बस्नेत पोखरेल, सिनियर अहेब प्रविन पुडासैनीलगायतबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको हो । त्यसैगरी शनिबार कोभिड हेल्प डेस्क मकवानपुरबाट घरदैलो कार्यक्रम अन्तर्गत होम आइसोलेशनमा रहेका ८ जना कोभिड संक्रमितको घरमै गई अवस्था बुझ्ने काम गरिएको छ । भेटघाटमा सामान्य स्वास्थ्य जा“च तथा परामर्श, च्यावनप्रास एक थान र मेडिकल माक्स १० थान वितरण गरिएको थियो घरदैलो कार्यक्रममा कोभिड हेल्प डेस्क मकवानपुरका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा लायन्स क्लवका प्रतिनिधिहरु, मारवाडी एशोसिएसनका अध्यक्ष पवन अग्रवाललगायत डेस्कका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।