News & Events »

कैलाली उवासंघको भ्रमण टोलीलाई हेटौंडामा स्वागत (२०७९ भाद्र ७)

Kailali cci welcome1

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरको नेतृत्वमा हेटौंडा आउनुभएको भ्रमण टोलीलाई मकवानपुर उद्योग वाणिज्य संघमा स्वागत गरिएको छ । मउवासंघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभाध्यक्षतामा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्दम केन्द्रका सभापति अरुणराज सुमार्गी, उपाध्यक्ष राजु अधिकारी, महासचिव दिपक उप्रेती, त्यसैगरी कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोमा अधिकारीलगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
मउवासंघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले संघका गतिविधिहरु माथि प्रकाश पार्नुहुदै व्यवसायीले भोग्नु परेको खुल्ला सिमानाको समस्या, कर, उद्योग क्षेत्रलगायतका समस्याहरु बारे चर्चा गर्नुभएको थियो । त्यसैगरी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले भ्रमणको उद्देश्य बारे बताउनु हुदै कैलाली उवासंघमार्फत भएका कामहरु र कैलाली उवासंघको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा कृषि उत्पादन बढाउनु पर्ने, उवासंघहरुले उद्यमीहरुलाई प्रभावकारीरुपमा सघाउनु पर्ने, संघको आयश्रोत विकास गर्नुपर्ने जस्ता विषयहरुमा चर्चा गरिएको थियो ।

Kailali cci welcome2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback