News & Events »

कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखाको अनुगमन (२०७२ पौष १०)

 

एक गाउ एक उत्पादन किवी कार्यक्रमको अनुगमनमा कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा संघमा आएको छ । उपसचिव डा. रुद्रबहादुर श्रेष्ठज्यूको नेतृत्वमा ५ सदस्यीय टोली किवी कार्यक्रमको अनुगमन गर्न आएको हो ।
संघले वार्षिक रुपमा गरेको प्रगतिको विषयमा जानकारी लिने उद्देश्यले अनुगमन टोली आएको हो । संघका अध्यक्ष श्री राजकुमार न्यौपानेज्यूको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा संघले गरेको प्रगति बारे संघका कार्यकारी सचिव तथा एक गाउ“ एक उत्पादन कार्यक्रमका सदस्य सचिव विवेक मानन्धरले प्रष्ट्याउनुभएको थियो । छलफल कार्यक्रममा अनुगमन तथा मूल्यांकन महाशाखाका उपसचिव रामबाबु अधिकारीज्यू, आर्थिक प्रशासन महाशाखाका उपसचिव कृष्णप्रसाद तिमल्सिनाज्यू, कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखाका अधिकृत जनकबहादुर धामीज्यू र नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि उद्यम केन्द्रका उपनिर्देशक रमेश कडरियाज्यूको उपस्थिति रहेको थियो भने संघको तर्पmबाट उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालज्यू, लवशेर विष्टज्यू, विष्णु खनालज्यू, कृषि प्रवद्र्धन समितिका संयोजक कासस माधव ज्ञवालीज्यू र संघका कार्यकारी सचिव विवेक मानन्धरज्यूको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback