News & Events »

कर सम्बन्धी अन्तर्क्रिया सम्पन्न (२०८० जेष्ठ ११)

Chief Tax Officer1

हेटौंडामा कर सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा आन्तरिक राजश्व कार्यालय, हेटौंडाका नव आगन्तुक प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईको प्रमुख उपस्थितिमा कार्यक्रम भएको हो ।
संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा उहाले मन्तव्य राख्नु हुदै हेटौंडा शान्त, हरभरा रहेको र प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईको सुखद बसाईको कामना गर्नुभएको थियो । उहाले आन्तरिक राजश्व कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघबीच सुमधुर सम्बन्ध रहदै आएको बताउनु भयो । उद्योगी/व्यवसायी तथा सर्वसाधारणलाई सेवा प्रवाहको लागि संघले एकजना कर्मचारी आन्तरिक राजश्व कार्यालय, हेटौंडामा नै राखी सेवा प्रदान गरिरहेको बताउनु भयो । अहिलेको परिस्थितिमा उद्योग/व्यवसाय क्षेत्र धरासायी रहेकाले सहजता सिर्जना गर्न सबै लाग्नुपर्ने उहाको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले मन्दीको प्रभाव मकवानपुर जिल्लामा पनि रहेको र व्यवसाय फष्टाउने अवस्था भएमा राज्यलाई कर तिर्ने सामथ्र्य स्वतः हुने उहाको भनाई थियो ।
छलफलमा न्यून विजकिकरणको समस्याको समाधान भन्सार र उत्पादन बिन्दुबाटै खोजिनुपर्ने, घुमन्ते तथा करको दायरामा नआएका व्यवसायीहरुलाई करको दायरामा समेट्नुपर्ने, बजार अनुगमनमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, ठेक्का सम्पन्न भई बिल भुक्तानीको माग पेश गर्दा सरकारी निकायबाट ढिलाई गर्ने र कर कार्यालयले समयमै भुक्तानी नगरेको भनि व्यवसायीबाट जरिवाना लिने कार्यले समस्या भइरहेको, डे १, डे २ र डे ३ मा सहजिकरण आवश्यक रहेको, रक्सौल, काठमाडौं जस्ता ठूला बजारको कारण हेटौंडाको बजार खुम्चिएको, उद्योगी/व्यवसायीलाई जरिवाना भन्दा पनि सचेतना आवश्यक रहेको चर्चा गरिएको थियो ।
अन्तक्र्रियामा उठेका जिज्ञासाहरु उपर जवाफ दिनुहुदै नव आगन्तुक प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले व्यापार सहजिकरण गर्दै कर उठाउने राज्यको दायित्व रहेको बताउनु भयो । उहाले नगन्य प्रतिशतबाहेक स्वघोषणा करलाई नै कर प्रशासनले स्वीकार गर्दै आएको बताउनु भयो । कर प्रशासनको दृष्टिमा राज्य र उद्यमी एकअर्काका परिपूरक रहेको उहाको भनाई थियो ।
कार्यक्रममा संघका सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दिपक उप्रेती, सचिव राजाराम कार्की, सदस्यहरु प्रदिप अर्याल, तेजराज अधिकारीलगायतले मन्तव्य राख्नु भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback