News & Events »

कर सम्बन्धी अन्तर्क्रिया सम्पन्न (२०७९ आषाढ ९)

Tax program

मकवानपुर उद्योग वाणिज्य संघको अयोजनामा एक दिवसीय कर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमलाई आन्तरिक राजश्व कार्यालय, हेटौंडाका कर अधिकृत सुमन बुढाथोकीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र राजु अधिकारी, महासचिव दिपक उप्रेती, कार्यक्रम संयोजक प्रदिप अर्याललगायत विभिन्न बस्तुगत संघका अध्यक्ष, प्रतिनिधि तथा उद्योगी/व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दिपक उप्रेतीलगायतले मन्तव्य राख्नुभएको थियो ।
नेपाल सरकारबाट आ.व. २०७९/८० को बजेटमार्फत तय गरेका विभिन्न प्रावधानहरु र कर सम्बन्धी अन्य व्यवस्थाहरु बारे आधिकारिक जानकारी उद्योगी/व्यवसायीहरुलाई प्रदान गर्न आन्तरिक राजश्व कार्यालयका कर अधिकृतलाई निम्त्याई कार्यक्रम गर्न आवश्यक ठानेर यो कार्यक्रम गरिएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनु भयो ।
कर अधिकृत सुमन बुढाथोकीले आर्थिक विधेयक २०७९ ले गरेका छुट तथा सहुलियत, आयकर ऐनमा भएका संशोधन, राजश्व सम्बन्धी नियम र सुधार वा थप भएका विभिन्न प्रावधानहरुबारे जानकारी गराउनु भएको थियो । त्यसैगरी उहाले अन्तर्क्रियाको क्रममा सहभागिहरुबाट उठेका जिज्ञासाहरु मेटाउने प्रयत्न गर्नुभएको थियो । कृषि व्यवसायी हरिसरण अधिकारी, मदिरा व्यवसायी धर्म कुमार श्रेष्ठ, सुनचादी व्यवसायी सरोज सापकोटा, पवन कुमार शाक्य, संघका कर तथा लेखा परामर्शदाता सकुल कुमार श्रेष्ठ, अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष पवन कुमार अग्रवाल, कृषि उद्यमी विवेक सुवेदीलगायतले आफ्ना भनाईहरु राख्नु भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback