News & Events »

उवासंघ चितवनका महिला उद्यमी भ्रमण टोलीसंग हेटौंडामा छलफल (२०८० जेष्ठ १०)

WEDC Chitwan

उद्योग वाणिज्य संघ चितवनका महिला उद्यमी भ्रमण टोलीसंग हेटौंडामा संस्थागत तथा व्यवसायिक अन्तक्र्रिया गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा उक्त अन्तक्र्रिया कार्यक्रम भएको हो । उद्योग वाणिज्य संघ चितवनका महिला उद्यमी संयोजक पुर्णिमा श्रेष्ठको नेतृत्वमा आउनुभएको १७ सदस्यीय भ्रमण टोलीलाई संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत मन्तव्य राख्नुहु“दै संघको स्थापना, महिला उद्यमीहरुलाई प्रोत्साहित गर्न संघबाट गरिएका क्रियाकलापहरु बारे चर्चा गर्नुभएको थियो ।

WEDC Chitwan1
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवालले महिला उद्यमी भ्रमणले आपसी सहयोगबाट व्यवसाय प्रवद्र्धन र संस्थागत अनुभव आदानप्रदानमा मद्दत पुग्ने बताउनु भएको थियो ।
महिला उद्यमी विकास समितिका पूर्व सभापति सरिदी श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघमा महिला उद्यमी विकास समितिको गठन प्रारम्भ, मासिक बचत कार्यक्रम, विगतमा कोेसेली घर संचालन र संघको विधानमा महिला उद्यमीहरुको प्रतिनिधित्व व्यवस्था बारे बताउनु भएको थियो ।
भ्रमण टोलीको नेतृत्व गर्दै हेटौंडा आउनुभएका उद्योग वाणिज्य संघ चितवनका महिला उद्यमी संयोजक पूर्णिमा श्रेष्ठले चितवनमा भएका महिला उद्यमी सम्बन्धी गतिविधिहरु र महिला उद्यमी मेला सम्पन्न गरेको बारे बताउनु भएको थियो । भ्रमण टोली सदस्य तथा उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य रजनी मास्केले कोसेली घर संचालन र महिला उद्यमीहरुको संघमा प्रतिनिधित्वको अनुभव मकवानपुरबाट प्राप्त गरी उद्योग वाणिज्य संघ चितवनमा कार्यान्वयन गरेको र अब बचत कार्यक्रम चितवनको लागि अर्को ज्ञान भएको बताउनु भएको थियो ।

WEDC Chitwan2
मकवानपुरका महिला उद्यमी विकास समितिका सचिव रिना गौतमले संचालन गर्नुभएको कार्यक्रम महिला उद्यमी विकास समितिका उपसभापति मुना पाठकले समापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback