Notices

यस संघ र जिल्ला विकास समिति, मकवानपुरको सहकार्यमा वाणिज्य संकाय तर्फबाट प्लस २ उत्तिर्ण गरेका ५० जना विद्यार्थीहरुलाई निःशुल्क व्यवसायिक लेखा सम्बन्धी अभिमूखिकरण तालिम प्रदान गर्न गइरहेको हुदा ईच्छुक विद्यार्थीहरुले संघको कार्यालयमा मिति २०७२ जेष्ठ २९ गतेसम्म निवेदनको साथमा वायोडाटा र शैक्षिक प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुहुन सम्बन्धित सवैलाई सूचित गरिन्छ । जनजाती तथा ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई विशेष प्राथमिकता प्रदान गरिने छ । ५० जना भन्दा बढी विद्यार्थीहरुको निवेदन पर्न आएमा संघले छनौट गर्नेछ ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बर मार्ग, हेटौंडा–२
सम्पर्क नं. ०५७–५२०३१०, ५२३३१०

... Read More


यस संघको अनुरोधमा हरेक शनिवार पसल बन्द गरिदै आएकोमा बैशाख १२ र १३ गते गएको महाभूकम्पको कारण उपभोग्य बस्तुको सहज आपूर्तीको लागि शनिबार पसल खुल्ला गरिदिनु हुन सम्पूर्ण व्यवसायीहरुमा अनुरोध छ । साथै गुणस्तरीय सामानको सुपथ मुल्यमा विक्री वितरण गर्नुहुन सम्पूर्ण व्यवसायीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौडा

... Read More

यस संघको प्रयोजनको लागि विभिन्न किसिमका सवारी साधन (सुमो, जिप, मिनि बस, पिकअप) रिजर्भ गरी जिल्ला भित्र वा बाहिर जानुपर्ने हुदा रिजर्भ वापत प्रतिदिन (ईन्धनवाहेक) लाग्ने करसहितको भाडा दर संघको कार्यालयमा २०७१ चैत्र मसान्तसम्म पेश गर्नुहुन ईच्छुक सवारी धनी वा फर्मलाई हार्दिक अनुरोध गरिन्छ ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बर मार्ग, हेटौंडा–२

... Read More