News & Events

आश्विन ७ । मकवानपुर उद्योग वाणिज्य संघ र बाल कल्याण समाजको संयुक्त आयोजनमा हेटौडामा आज एकदिने बालश्रम न्युनिकरण सम्बन्धी अन्तक्र्रिया गरेकोछ । संघको वस्तुगतसंघ अन्तर्गतको अटो मोबाईल एशोसियसन र अटो मेकानिक्सका पदाधिकारी तथा सदस्यहरुका लागि अभिमुखीकरण तथा अन्तत्र्रिmया गरेको हो । नेपाल सरकारको बालश्रम मुक्त गराउने अभियानलाई समेत सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
अन्तक्र्रिया कार्यक्रममा करीब ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अटो मोबाईल एशोसियसनका अध्यक्ष सुदेश कुमार श्रेष्ठले यस्ता कार्यक्रम गाउँगाउँ सम्म पुर्याउनु पर्नेमा जोड दिनु भएको छ । यदि कोही कसैले आफ्ना बालबालिकालाई आफूले गरिरहेकै स्थानमा सीप सिकाउने अभिप्रायले काममा लगाएकोछ भने, त्यस्तालाई बाल ... Read More


आश्विन ६ । आश्विन ४ देखि १६ सम्म दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टिी कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी आज दक्षिण कोरिया प्रस्थान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा स्टल मात्र रहने सो प्रदर्शनीमा मकवानपुरे व्यवसायीले नेपालको प्रतिनिधित्व गर्ने संघका अध्यक्ष न्यौपानेले बताउनु भएकोछ । महोत्सवमा एक गाउँ एक उत्पादन अन्तर्गत मकवानपुरमा उत्पादन भएको किवीको बजारीकरण, स्थानीय हस्तकला, पर्यटन क्षेत्रको विकासका लागि आफूहरुभाग लिन गएको संघका महासचिव राउतले बताउनुभएकोछ । महोत्सवका अलावा स्थानीय वाणिज्य संघसँग ... Read More


विगत केही दिन देखि मजदुर तथा व्यवस्थापनका बीच विभिन्न माग राखी बन्द भएको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा आज भएको उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले उद्योग सञ्चालन भएको ४५ दिन भित्र मजदुरको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि उद्योग खुल्ने वातावरण बनेको हो । उद्योग व्यवस्थापनले उद्योग बन्द गरेवापत निलम्बनमा परेका मजदुरको ३० दिन सम्म आचरण हेरी निलम्बन फिर्ता लिने र यही निलम्बनलाई आधार ... Read More