News & Events

 

                संघले गतवर्ष भैm यस वर्ष पनि आप्mना सदस्यहरुसंग भाइचाराको सम्बन्धको विकास गर्ने उद्देश्यले होली मिलन कार्यक्रमको आयोजना गरेको थियो । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारीलगायत कार्यसमिति सदस्यहरु, विशेष आमन्त्रित सदस्यहरु, विभिन्न वस्तुगत संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, सदस्यहरु र कर्मचारीवर्गको उल्लेखनीय उपस्थिति रहेको थियो । सभाहलमा आयोजित होली मिलन कार्यक्रममा एकआपसमा अबीर दलेर शुभकामना दिईएको थियो ।

... Read More

                संघले ३ नम्बर प्रदेशका तात्कालिन भौतिक पूर्वाधर विकासमन्त्री माननीय केशव स्थापितज्यूसंग समग्र मकवानपुरको विषयमा छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको छलफलमा २५ मिटर सडक विस्तारको विषयमा अन्यौलता हटाउनुपर्ने कुरा अध्यक्ष कटुवालले राख्नुभएको थियो । २५ मिटर सडकको सम्बन्धमा प्रभावित कोही पनि विस्थापित नहुने गरी कार्य अघि बढाउने र १ सय दिनभित्र निष्कर्षसहित प्रदेश सरकारले आफ्नो धारणा बनाउने माननीय केशव स्थापितले बताउनुभएको थियो । उहा“ले अबको ३ बर्ष भित्र नया“ हेटौंडा बनाउने अठोट आपूmले लिएको पनि बताउनुभएको थियो ।

... Read More

 

                संघले फुटपाथ व्यवसाय र होटल व्यवसायीको विषयमा सरोकारवाला निकायसंग छुट्टाछुट्टै छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको छलफलमा हेटौंडा बजार क्षेत्रलाई व्यवस्थित गर्न सडक पेटीमा हाल अव्यवस्थित फुटपाथ व्यवसायलाई पूर्णरुपमा बन्द गरिने निर्णय गरिएको थियो । पैदल यात्रुहरुलाई समेत बाधा हुने गरी हाल सञ्चालित त्यस्ता व्यवसायलाई निषेध गरिने भएको हो । छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका तात्कालिन प्रमुख नविन अधिकारी, हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत धु्रव भुजेल, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि, संघका पदाधिकारी, सदस्यज्यूहरुको सहभागिता रहेको थियो । छलफललाई औपचारिक रुपमा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले समापन गर्नुभएको थियो ।

                त्यसै गरी होटल व्यवसायी, जिल्ला ... Read More


 

                संघले नेपाल सरकारका सिंचाईमन्त्री माननीय सञ्जय गौतमज्यूको स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको छलफलमा मन्त्री गौतमले बर्तमान सरकारको योजनामा राप्ति नदीको तटबन्द रहेको बताउनुभएको थियो । छलफललाई सम्बोधन गर्दै मन्त्री गौतमले प्रादेशिक राजधानीको स्थायीत्वकालागि केन्द्रीय सरकारले नभई प्रादेशिक सरकारले निर्णय गर्ने बताउनुभएको थियो । संघको सचिवालयमा भएको स्वागत तथा छलफल कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुरको समसामयिक विषय र समस्यामा मन्त्री गौतमको ध्यानाकर्षण गराउनुभएको थियो । सो कार्यक्रममा मकवानपुरको पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्र अंकित मायाको चिनोसमेत मन्त्री गौतमलाई हस्तान्तरण गरिएको थियो । छलफलमा संघका पदाधिकारी र कार्यसमिति सदस्यज्यूहरुको सहभागिता रहेको थियो ।

... Read More

                संघले आफ्नो त्रिबर्षीय विस्तृत योजनासहितको २ दिने गोष्ठी सम्पन्न गरेको छ । । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षता तथा पूर्वअध्यक्ष भूवनलाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको सो गोष्ठीमा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्ष तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित आफ्नो तीन बर्षीय योजना तय गरिएको थियो । माघ १९ र २० गते आयोजना भएको सो गोष्ठीमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी, संघका सल्लाहकार भरत पराजुली, निर्माण व्यवसायी संघ मकवानपुरका तात्कालिन अध्यक्ष आनन्दराम ... Read More


 

                संघले मकवानपुरका प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुसंग छलफल गरेको छ । सरकारले देशका सातै प्रदेशको अस्थायी राजधानी तोकेसंगै हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी तय गरेपछि आगामी दिनमा राजधानीलाई व्यवस्थित बनाउन निजी क्षेत्रको भूमिकाको विषयमा सो छलफल गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको छलफलमा प्रतिनिधि सभा सदस्य माननीय विरोध खतिवडाज्यूले राजधानी स्थान्तरणकालागि मात्र मतदान प्रकृया पूरा गर्नुपर्ने भएकोले सरकारले हाल तय गरेको राजधानी नै स्थायी राजधानी भएको बताउनुभएको थियो । छलफल कार्यक्रममा अर्का प्रतिनिधि सभा सांसद माननीय कृष्णप्रसाद दाहालज्यूले आफ्नो दल हेटौंडा राजधानीकालागि सकारात्मक रहेको बताउनुभएको थियो ।

                छलफल कार्यक्रममा प्रदेश सभा सदस्य एवम् नेपाली का“ग्रेस मकवानपुर जिल्ला सभापति ... Read More


 

                संघको आयोजनामा हेटौडा नगरमा सवारी व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसंग अन्तक्र्रिया गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको अन्तक्र्रियामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरका तात्कालिन प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीज्यूले कानून बमोजिम आपूm अघि बढिरहेको तर पनि कतिपय अवस्थामा व्यावहारिक पक्षलाई समेत ट्राफिक प्रहरीले ध्यान दिएको बताएका थिए । अन्तक्र्रिया कार्यक्रममा संघका अध्यक्ष कटुवालले हेउमनपासंगको सहयोगमा २०७४ फागुन १ गतेबाट फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने बताउनुहु“दै सवारी व्यवस्थापनकालागि विभिन्न सरोकारवाला निकायसंग निरन्तर छलफल गरिरहेको जानकारी दिनुभएको थियो ।

                अन्तत्र्रिmया कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालज्यूले यस भन्दा अघि ट्राफिक प्रहरीसंग गरिएको सम्झौतालाई कार्यान्वयन गरेमा सवारी व्यवस्थापनमा सघाउ ... Read More


 

                संघले हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद उपाध्यायज्यूको सम्मान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा डा. उपाध्यायलाई भारतको मेवार विश्वविद्यालयबाट क्ष्ःएच्इख्भ्ःभ्ल्त् क्ष्ल् त्ज्भ् ःब्ल्ब्न्भ्ःभ्ल्त् इँ ःग्ल्क्ष्ऋक्ष्एब्ी ँक्ष्ल्ब्ल्ऋभ् क्ष्ल् ल्भ्एब्ी शीर्षकमा विद्यावारिधी (एजम्) उपाधि हासिल गर्नुभएकोमा सम्मान गरिएको हो । कार्यक्रममा बोल्नुहु“दै डा. उपाध्यायले लगनशील भएमा सफलता प्राप्त हुने र मकवानपुरलाई शैक्षिक हब बनाउन सबैले चासो दिनुपर्ने बताउनुभएको थियो । उहा“ले संघ र उपमहानगरपालिका एकापसमा सहकार्य गरी अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको थियो । महासचिव प्रमोदसिंह रानाभाटज्यूले सञ्चालन गर्नुभएको सम्मान कार्यक्रमका समापन बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले गर्नुभएको थियो । कार्यक्रममा पदाधिकारी तथा कार्यसमिति सदस्यज्युहरुको उपस्थिति रहेको ... Read More


                सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद मकवानपुरमा आईपुग्नु भएको थियो । सोही अवसर पारेर हेटौंडामा आउनुभएका सबै सा“सदहरुलाई संघले मकवानपुरका धार्मिक, ऐतिहासिक स्थलहरु अंकित मायाको चिनो प्रदान गरेको थियो । संघका अध्यक्ष कृष्ण कटुवालज्यूसहित वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाटलगायतले सभा सदस्यको स्वागत गर्नुहु“दै ती मायाको चिनो सपथ ग्रहण स्थलमा वितरण गर्नुभएको हो ।

... Read More

 

                संघले ३ नं. प्रदेशको राजधानी हेटौंडा कायम गर्न सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्युको अध्यक्षतामा बसेको छलफलपश्चात भौगोलिक, सामाजिक, आर्थिक तथा पूर्वाधारसमेतलाई ख्याल गरिनुपर्ने भएकाले हेटौंडालाई प्रादेशिक राजधानी कायम गर्नुपर्नेमा सबैको निचोड रहेको थियो । छलफलले हेटौंडालाई प्रादेशिक राजधानी तोक्न नेपाल सरकार समक्ष जोडदार माग गर्ने समेत निर्णय गरेको थियो । छलफलपश्चात सामूहिक प्रेस विज्ञप्ति पनि जारी गरिएको थियो । छलफलमा नेपाली का“ग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोईराज, नेकपा एमाले मकवानपुरका सचिव एकालल श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, उद्योग संघ मकवानपुरका उपाध्यक्ष स्वागतराज प्याकुरेल, नेपाल पत्रकार ... Read More


 

                संघले व्यावसायिक हित तथा सदस्यहरुको सुविधाका लागि आप्mनो वस्तुगत संघसंग छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा नेपाल तयारी पोशाक व्यवसायी संघ मकवानपुरसंग शनिवार बजार बन्दलाई नियमन गर्ने र नेपाल औषधि व्यवसायी संघ मकवापुरसंग संघका सदस्यज्यूहरुलाई औषधी खरिदमा छुट गर्ने सम्बन्धमा बेग्लाबेग्लै प्रारम्भिक छलफल गरेको थियो । छलफलको क्रममा संघको आह्वानमा गरिदै आएको शनिबार बन्दलाई नियमन गर्न सबै वस्तुगत संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको छ भने संघको प्रस्तावलाई आप्mनो तर्फबाट पूर्ण सहयोग रहने तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष समीर डंगोलले बताउनुभएको छ ।

                नेपाल औषधी व्यवसायी संघको छलफलमा संघका सदस्यहरुलाई आवश्यकीय औषधीहरुमा छुट गरिदिन आग्रह ... Read More


संघले नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघ मकवानपुरको नया“ कार्यसमितिको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी यातायातका नवनिर्वाचित अध्यक्ष हिरालाल श्रेष्ठज्यू र उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालज्यूको नेतृत्वमा आउनुभएका दुवै संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष कटुवालले संयुक्त रुपमा सहकार्यकालागि अबका दिनमा सकारात्मक प्रतिफल आउने गरी छलफललाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

                कार्यक्रममा बोल्नुहु“दै नारायणी यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले मकवानपुरका निजी क्षेत्रहरुले एकापसी सहकार्यमा बृहत कार्य गरी मकवानपुरको विकासमा अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो भने उद्योग संघ मकवानपुरका अध्यक्ष अर्यालले जिल्लाका निजी क्षेत्रसंग सम्बन्धित संघसंस्थाका ... Read More



यस संघको मुख्य आयोजना, जिल्ला विकास समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका कार्यालय र उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा मिति २०७२ फागुन २० गतेदेखि ३० गतेसम्म हेटौंडा–४ स्थित लोकतान्त्रिक (हुप्र) चौरमा आयोजना गरिएको “राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२” लाई भव्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने जिल्लास्थित विभिन्न सरकारी, गैरसरकारी संघसंस्था, कार्यालय, निकायहरु, विभिन्न उद्योगी व्यवसायी, राजनैतिक दलहरु, स्थानीय टोल विकास संस्थाहरु, प्रहरी प्रशासन, पत्रपत्रिका, रेडियो, टिभी तथा मेला भर्न आउनुहुने आम सर्वसाधारणमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

साथै मेलामा मुख्य प्रायोजन, प्रायोजन, सह–प्रायोजन, सह–आयोजन, प्रवद्र्धन, टेक पार्टनर, आधिकारिक मिडिया, बैंक, बीमा, सहयोगीलगायत हेटौंडा आइडल प्रायोजन गरी मेलालाई थप सफलता प्रदान ... Read More


व्यवसायको विस्तार, सम्भावित ग्राहकहरुसंग छलफल तथा नयाँ वस्तु एवम् सेवाहरुको प्रवद्र्धन गर्ने तथा समग्रमा उद्योग एवम् व्यापारमार्फत यस क्षेत्रकै आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा मद्दत पु¥याउने उद्देश्यका साथ यस संघद्वारा विभिन्न समयमा मेला, प्रदर्शनी तथा व्यापार प्रवद्र्धनका कृयाकलापहरु संचालनको शिलशिलामा वि.सं.२०५३ मा तत्कालिन राजा वीरेन्द्रवीरविक्रम शाहदेवबाट समुद्घाटन गरिएको नेपाल कै पहिलो नारायणी महोत्सव स्मरणीय छ । मेलालाई निरन्तरता प्रदान गर्ने क्रममा २०६६ मा आयोजना गरिएको मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा २०६८ र २०७० मा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार मेला उल्लेख्य छ । जिल्लामा उद्योग व्यापारको विकास गरी देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले संघले बृहत ओद्योगिक व्यापार मेला आयोजना गर्ने कार्यतालिका ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ, उत्तरी क्षेत्र समितिको सक्रियतामा पौष २७ गते थाहा नगर क्षेत्रमा एक कार्यक्रमको आयोजना गरि महिला उद्यमी विकास समिति गठन गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समिति, मकवानपुरका सभापति निलम पाण्डे, मउवासंघ कार्यसमिति सदस्य निलम वैद्य, उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्री, संस्थापक सभापति विमलकुमार ढकाल, महासचिव सुरेन्द्रमान प्रधान, मउविसका उपाध्यक्ष रविलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष कमला श्रेष्ठ, महिला उद्यमीहरु विमला अधिकारी, सरस्वती तिमल्सिना, अप्सरा ढकाल, सोनी न्यौपाने, सारदा सुवेदी र उत्तरी क्षेत्रका महिला उद्यमीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

आरती श्रेष्ठको सभापतित्वमा गठित समितिको उपसभापतिमा सिता ढकाल छन् भने, सचिव संगिता बलामी, कोषाध्यक्ष शान्ति मल्ल र सदस्यहरुमा मन्दिरा ... Read More



मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार एक कार्यक्रमको आयोजना गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख महेश कुमार दाहालको विदाई गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको विदाई कार्यक्रममा सह क्षेत्रीय प्रशासक लोकनाथ पौडेल, उप क्षेत्रीय प्रशासक डिल्लिराज पोखरेल, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्की, संघका पदाधिकारी तथा कार्यसमिति सदस्य, आमन्त्रित सदस्यहरु, महिला उद्यमीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग संघ मकवानपुरका अध्यक्षलगायत पदाधिकारीहरु, बस्तुगत संघका प्रतिनिधहरु, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
संघका अध्यक्ष न्यौपानेले छोटो अवधिमै पनि उद्योग÷व्यवसाय क्षेत्रमा पु¥याउनु भएको सहयोग प्रशंसनीय रहेको बताउनु भयो ... Read More


 

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा लोडसेडिङ सम्बन्धी एक दिवसीय छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । मकवानपुर जिल्लाका राजनैतिक दल तथा भातृ संगठनहरुका प्रमूख तथा प्रतिनिधिहरु, नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख दिर्घायु श्रेष्ठलगायत जिम्मेवार कर्मचारीहरु, उद्योग संघ मकवानपुरका पदाधिकारीहरु तथा उद्योगी÷व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
मकवानपुर जिल्लामा तीन ओटा विद्युत आयोजना ह“ुदाहुदै लोडसेडिङ नघट्नु दुःखद् भएको सहभागिहरुले प्रतिक्रिया व्यक्त गरेका थिए । जिल्ला भित्र लोडसेडिङ कम गर्ने सम्बन्धमा यसअघिनै धेरै छलफल, सहमति तथा विचारविमर्शहरु भएपनि हालसम्म कुनै उपलब्धी हुन नसकेको कार्यक्रममा बताइएको छ, र यस छलफलले एउटा निश्कर्ष ... Read More


२० वर्ष भन्दा बढी दक्षिण कोरियमा रहनु भएका, सपोर्ट नेपाल फाउण्डेशन, दक्षिण कोरियाका संयोजक, दक्षिण कोरियाका न्यू पोलिटिकल डेमोक्रेटिक एलायन्स पार्टीका राज्य समिति सदस्य, मल्टिकल्चर उपसमितिका सभापति, किम्हे माइगे्रट हाउस, दक्षिण कोरियाका संयोजक श्री यज्ञराज सुवेदीज्यूको सम्मानमा मकवानपुर उद्योग वाणिज्य संघले आइतबार स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्यहरु अनिल अग्रवाल, निलम पाण्डे, छतेन्द्र आचार्य, शान्तिराम धिमाल, उज्वल चौलागाई, विशेष आमन्त्रित सदस्य राममणि दाहाल, रामहरि बन्जारा, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, एजुकेशन फर अल फाउण्डेशनका उपाध्यक्ष कृष्ण प्रसाद ढुंगाना, ... Read More


 

एक गाउ एक उत्पादन किवी कार्यक्रमको अनुगमनमा कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा संघमा आएको छ । उपसचिव डा. रुद्रबहादुर श्रेष्ठज्यूको नेतृत्वमा ५ सदस्यीय टोली किवी कार्यक्रमको अनुगमन गर्न आएको हो ।
संघले वार्षिक रुपमा गरेको प्रगतिको विषयमा जानकारी लिने उद्देश्यले अनुगमन टोली आएको हो । संघका अध्यक्ष श्री राजकुमार न्यौपानेज्यूको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा संघले गरेको प्रगति बारे संघका कार्यकारी सचिव तथा एक गाउ“ एक उत्पादन कार्यक्रमका सदस्य सचिव विवेक मानन्धरले प्रष्ट्याउनुभएको थियो । छलफल कार्यक्रममा अनुगमन तथा मूल्यांकन महाशाखाका उपसचिव रामबाबु अधिकारीज्यू, आर्थिक प्रशासन महाशाखाका उपसचिव कृष्णप्रसाद तिमल्सिनाज्यू, कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखाका अधिकृत जनकबहादुर धामीज्यू र ... Read More


 

मकवानपुर उद्योग वाणिज्य संघले भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाको स्वागत गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा आयोजित स्वागत तथा छलफल कार्यक्रममा अध्यक्ष न्यौपानेले उद्योगी व्यवसायीहरुको साझा समस्याहरुको विषयमा थापाको ध्यानाकर्षण गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष तथा मउवासंघका पूर्वअध्यक्ष एवम् विशिष्ट सल्लाहकार अरुणराज सुमार्गीले मधेशमा भएको आन्दोलनले नेपालकै ठूलो औद्योगिक क्षेत्रमा ठूलो असर पुगेको बताएका थिए ।
संघका महासचिव महेन्द्र राउतले संचालन गर्नुभएको कार्यक्रममा आप्mनो मन्तव्य राख्नुहुँदै राज्यमन्त्री थापाले निजी क्षेत्रको खुलेर प्रसंशा गरे । निजी क्षेत्र विना देशको आर्थिक विकास र समृद्धि सम्भव छैन भन्दै थापाले नाकाबन्दीका कारण उद्योगी व्यवसायीलाई परेको समस्या छिट्टै समाधान ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको हो । स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै अध्यक्ष न्यौपानेले नवनिर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । वर्तमान परिस्थितिमा दुवै संस्था हातेमालो गर्दै मिलेर अघि बढ्नुपर्ने बताउनुहुँदै अध्यक्ष न्यौपानेले नयाँ कार्यसमितिले नयाँ ढंगबाट कार्य गर्नुपर्ने बताउनुभयो । 

नवनिर्वाचित अध्यक्ष नवराज अर्यालले विगतमा जे जस्तो भएपनि अबका दिनमा उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघको सम्बन्ध प्रगाढ बनाउँदै लैजाने बताउनुभयो । उद्योगको प्रवद्र्धनकालागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष अर्यालले बताउनुभयो ।
संघका महासचिव महेन्द्र ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले माननीय उद्योग मन्त्री श्री सोम प्रसाद पाण्डेज्यूको बुधवार एक कार्यक्रमको बीच हेटौंडामा स्वागत गरेको छ । मन्त्रीज्यूको सम्मानमा भएको कार्यक्रममा प्रशासन प्रमुखलगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । समसामयिक सन्दर्भमा छलफल समेत भएको कार्यक्रमको सभापतित्व संघका अध्यक्ष राजकुमार न्यौपानेले गरेका थिए । संघका अध्यक्ष न्यौपाने, माननीय मन्त्री पाण्डे, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, संघका उपाध्यक्ष विष्णु खनाल, महासचिव महेन्द्र राउत, संघ सदस्य खड्ग गोपाली, क्रशर व्यवसायी सिताराम न्यौपाने, उपभोक्ता हित संरक्षण मन्चका सचिव बासु खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
देशको असहज अवस्थामा सबैले देखाएको धैर्य र संयमताको मन्त्रीज्यूले प्रशंसा गर्दै उत्पादन तथा वितरण मार्फत ... Read More



        संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा हालसालै संविधान निमार्ण पछि उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री बन्नुभएका हेटौंडाका छोरा माननीय कमल थापाको सम्मानमा स्वागत तथा अभिनन्दन कार्यक्रमको आयोजना पल्पसा सभा गृहमा गरियो । कार्यक्रममा संघ पूर्व अध्यक्ष रामकृष्ण गोर्खाली, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी जसले भुकम्प पिडितहरुलाई सहयोग गर्न पु¥याएको सहयोगको कदर गर्दै सम्मान पत्रले सम्मान गरेको थियो र उपप्रधान परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाको सम्मानमा अभिनन्दन गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले स्वागत मन्तब्यको क्रममा  मकवानपुरलाई विशेष आर्थिक क्षेत्र घोषणा, सीटिईभीटिको बहुप्राविधिक महाविद्यालय स्थापना र राष्ट्रिय खेलकुद प्रतिष्ठानलगायत विषयमा सरकारले ध्यान ... Read More



    संघले जिल्लामा नव आगन्तुक जिल्ला विकास समिति मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापा र हेटौंडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेव कुमार पोखरेलको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्क्षतामा गरिएको थियो ।
    कार्यक्रममा स्वागत मन्तब्य दिनुहुँदै अध्यक्ष न्यौपानेले संघको परम्परा अनुसार जिल्लामा नवआगन्तुक प्रमुखहरुको सम्मानमा स्वागत गरिने परम्परालाई निरन्तरता दिएको जानकारी गराउनुभयो । यस किसिमको कार्यक्रमले एकआपसमा सम्बन्ध प्रघाढ हुने र सहकार्यमा सहज हुने विश्वास रहेको जानकारी गराउनु भएको थियो । संघले जिविस र हेउमनपा संग विगत लामो समय देखि पिपिपि अवधारणा अनुसार कार्य गर्दै आएको जानकारी गराउनुभएको ... Read More



        संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा नजिकिंदै गरेको चाड पर्वलाई मध्येनजर गर्दै जिल्लामा रहेका खाद्यन्न व्यवसायीहरुसंग छलफल कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले हाल देशको अवस्थाले र नजिकिंदै गरेका चाड पर्वहरुमा व्यवसायी तथा उपभोक्ता दुबैलाई समस्या पर्ने देखिएकोले त्यसको समस्या समाधानको उपाय निकाल्न जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा उपस्थितिहरुको एउटै उद्देश्य उपभोक्ताहरुलाई सामानको अभाव नहोस् र आफूहरुमा अनुगमनको मारमा पर्नुनपरोस भन्ने थियो । कार्यसमिति तथा व्यवसायीहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा समस्या आउन नदिने उद्देश्यले संघ र नेपाल खाद्यन्न व्यवसायि संघको संयुक्त सहभागिता रहने गरि संघका वाणिज्य तर्फका उपाध्यक्ष कृष्णकुमार गुप्ता ... Read More



        संघ र उद्योग संघ हेटौंडाको संयुक्त आयोजनामा लोडसेडिङ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना संघको सभा कक्षमा गरियो । कार्यक्रममा नेपालकै ठूलो औद्योगिक क्षेत्र हेटौंडा भएकोले लोडसेडिङले गर्दा उद्योग धरासायी भएको भन्दै आद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउन आग्रह गरिएको थियो । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षले औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त बनाएर उद्योग निरन्तर रुपमा संचालन गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै उद्योग संघ मकवानपुरका अध्यक्ष ऋषिराम घिमिरेले औद्योगिक क्षेत्रमा बेलुका १० बजेदेखि विहान ६ बजेसम्म लोसेडिङ नभएमा आठ वटा नयाँ उद्योग सञ्चालनमा आउने क्रममा रहेको बताउनुभएको थियो । उक्त क्षेत्रलाई मात्र नेपाल विद्युत प्राधिकरणले चार ... Read More




     पूर्वाधार विकास कम्पनी लिमिटेडले निर्माण गर्ने भनेकाने हेटौंडा–कुलेखानी–काठ्माण्डौ सुरुङमार्गमा लगानीकर्तालाई ढुक्क हुन आग्रह गरेको छ । संघको आयोजनामा हेटौंडामा भएको अन्तरक्रियामा सुरुङमार्गको शेयर खरिद गर्नेहरुले कम्पनीले उक्त मार्ग निर्माण गर्न नसक्ने आरोप लगाइरहँदा कम्पनीले ढुक्क हुनु सुरुङ मार्ग बन्छ भन्ने जानकारी गराएका छन् । संघको पल्पसा सभागृहमा भएको अन्तरक्रियात्मक कार्यक्रममा लगानी डुब्लाकि भनेर चिन्ता लिएका शेयरधनीलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशी, कम्पनी संचालनकर्ताहरुले मार्ग निर्माण हुने दाबी गर्दै लगानी सुरक्षित रहेको दाबी गर्नुभएको थिए । संघका पुर्व अध्यक्ष द्धय जीवनकाजी मकाजु र दीपकप्रसाद श्रेष्ठले जसरी भएपनि सुरुङमार्ग निर्माणको लगानीमा ... Read More



            मुलुककै सबैभन्दा पुरानो गढी किल्लामा बुधबार एतिहासिक शिलालेख राखिएको छ । मकवानपुर गढी गाविस–३ मा रहेको मकवानपुर गढी दरबार किल्लामा बुधबार एतिहासिक शिलालेख राखिएको हो । मकवानपुर राज्यका बारेमा पूरा विवरण सहितको शिलालेख राखिएको हो । मकवानपुरगढी किल्लाको बारेमा विभिन्न जानकारी र तथ्य सुन्दै आएपनि अहिलेसम्म लिखित रुपमा राखिएको थिएन । मकवानपुरको राज्यका बारेमा जानकारी दिने र इतिहासलाई जिवितै राख्ने उद्देश्यले संघ÷ पर्यटन विकास समितिको पहलमा शिलालेखसहित नेपालको भण्डोतोलन गरिएको हो । शिलालेख स्थानीय विकास अधिकारी भोजराज खतिवडा र नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले पतिस्थापन तथा झण्डोतोलन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारीले जिल्लाको ... Read More



        मकवानपुरमा निजि क्षेत्रको आव्हानमा शान्ति तथा सद्भाव ¥याली निकालिएको थियो । संघ र उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा विभिन्न राजनितिक दल, नागरिक समाज, उद्योगी व्यावसायी सहति शान्ति तथा सद्भाव ¥याली निकालिएको थियो । मुलुकमा बढ्दै गएको बन्द, हड्ताल, अविश्वास र अशान्तिको अन्त्य सहित सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले ¥याली निकालिएको उल्लेख गरिएको थियो । बन्द र हड्तालको विकल्प खोजिनुपर्ने र मकवानपुरलार्य बन्दमुक्त क्षेत्र घोषणा गर्नुपर्ने मागसहित ¥याली निकालिएको थियो । ¥यालीमा उद्योगी÷व्यावसायी, राजनितिक दल तथा भातृ संगठन, नागरिक समाज, टोल विकास संस्था, आमा समूह, विद्यार्थी, गैरसरकारी संस्था, प्रहरी सहित सर्वसाधारणको सहभाचगिता रहेको थियो । ¥यालीमा सहभागीले सामाजिक ‘सद्भाव ... Read More




नेपाली महिलाहरुको महान चाड हरितालीका तीजको अवसरमा मकवानपुर उद्योग वाणिज्य संघ  महिला उद्यमी विकास समितिले आइतबार सास्कृतिक कर्यक्रमको आयोजना गरेको थियो ।
 
महिला उद्यमी विकास समिति सभापति निलम पण्डेको सभाध्यक्षता तथा मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीको आतिथ्तामा कार्यक्रम गरीयो । संघआवद्ध महिला उद्यमीहरुलाई अमन्त्रण गरी कार्यक्रम गरीएको तीज कर्यक्रम संयोजक तथा संघका सदस्य निलम बैद्यले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, संघका अध्यक्ष राजकुमार न्यौपाने,पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल, उद्योग संघ मकवानपुर अध्यक्ष ऋषिराम घिमिरे, एमाले नेता मुनु सिग्देल, नेपाल महिला संघ  जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, संघ उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवला, महासचिव ... Read More



 
   संघको संयोजकत्वमा साना तथा घरेलु उद्योग कार्यालय र आन्तरिक राजश्व कार्यालयको संयुतm आयोजनामा संघको पश्चिमी क्षेत्रमा व्यवसायीहरुको व्यावसाय दर्ता नविकरणको लागि घुम्ति शिविर  सेवाको उद्घाटन गरियो । सघंको पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालको सभाध्यक्षता, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लक्ष्मणबाबु श्रेष्ठ, साना तथा घरेलु उद्योग कार्यालयका ना.सु.तथा प्रमुख शिक्षक नारायणप्रसाद खनाल,अर्का ना.सु. सम्झना साई संघका महासचिव महेन्द्र राउतको उपस्थितिमा उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।
              २०७२ भाद्र १८ गते शुक्रबार भएको एक दिवशीय घुम्ती शिविरमा पश्चिमी क्षेत्रका व्यावसायी सदस्यहरुले आप्mनो फर्म दर्ता तथा नविकरणको सेवा लिन पाउने संघका महासचिव महेन्द्र राउतले बताउनु भएको थियो । कार्यक्रमा ... Read More



        वाणिज्य विभाग अनुगमन शाखाका अधिकृत गिता पंथी, संघका महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्य तथा बजार व्यवस्थापन उपसमितिका संयोजक काब्यमणी अधिकारी, जिल्ला प्रशासन कार्यालयका सहदेव आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका प्रणयप्रसाद अर्याल लगायतकाको उपस्थितिमा उपस्थितिमा हेटांैडाबजार क्षेत्रमा खाद्यन्न व्यवसायिहरुको व्यवसाय अनुगमन गरिएको छ ।
        बजार अनुगमन जुनसुकै समयमापनि हुनसक्ने भएकाले सम्पूर्ण व्यवसायि महानुभावहरुले आफ्नो व्यवसाय संचालन गर्दा समानहरुको उत्पादन मिति तथा उपभोग्य मिति, सरसफाई जस्ता विभिन्न विषयमा ख्याल गर्नुहुन समेत आग्रह गर्दछौं ।

... Read More


    संघका अध्यक्ष्ँ राजकुमार न्यौपानेको सभाध्यक्षता तथा स्थानीय विकास अधिकारी भोजराज खतिवडाको प्रमुख आतिथ्यतामा दश जोड दुई पास गरेका विद्यार्थीहरुलाई प्रदान गरिएको ७ दिने लेखा सम्बन्धी अभिमूखिकरण तालिम लिएका प्रशिक्षार्थीहरु प्रमाण पत्र वितरण कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । कार्यक्रममा स्वागत मन्तब्य संघका अध्यक्ष राजकुमार न्यौपानेले दिनुभएको थियो । मन्तब्यको क्रममा अध्यक्षले सहभागिहरुलाई तालिमको सहि सदुपयोग गर्न आग्रह गर्नुहु“दै आगामि दिनहरुमा संघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो । कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जिविस भएको रकमले जिल्लाका आदिवासी जनजातिहरुलाई लक्षित गरि विभिन्न दश जोड दुई पास गरेर खालि समय बेतित गरिरहनुभएका विद्यार्थी भाई बहिनिहरुलाई ... Read More




संघका महासचिव  तथा कर संयोजक महेन्द्र राउतको संयोजकत्वमा फर्म दर्ता तथा नविकरण र कर सम्बन्धि अन्र्तक्रिया कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । कार्यक्रममा मकवानपुरका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक व्यवसायीहरुको लागि फर्म दर्ता, नविकरण प्यान÷भ्याट सम्बन्धि प्रावधान तथा शंसोधित प्रावधानहरुको बारेमा घरेलु तथा साना उद्योगका प्रमुख कमल प्रसाद घिमिरे र आन्तरिक राजस्व कार्यालयका अधिकृत द्धेय राधेश्याम दाहाल, लक्ष्मण श्रेष्ठले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा विभिन्न व्यवसायीहरुले राखेका जिज्ञासाहरुलाई अतिथीहरुले नै समाधान गर्नु भएको थियो ।आन्तरिक राजस्व कार्यालयमा प्राप्त परिवर्तित प्यान तथा भ्याट सम्बन्धि ऐनको बारेमा प्रष्ट पार्नृ हुदै संशोधित प्रावधान अनुसार घरधनीहरुले पनि अनिवार्य प्यान लिनुपर्ने र थ्रेसहोल्ड बढेर ५० ... Read More



    संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा बन्दको विरोधमा ¥याली गर्ने उद्देश्येले छलफल कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । देशमा भैरहेको राजनैतिक उथलपुथलको सिकारी उद्योगि व्यवसायीहरु बनीरहेको महशुस गर्दै त्यसको विरोध आवाज उठाउन आवश्यक भएको जानकारी अध्यक्ष न्यौपानेले गराउनुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, उद्योग संघका अध्यक्ष तथा पदाधिकारीहरु, जिल्लाका विभिन्न उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
        उपस्थित सम्पूर्णको एउटै धारणा रहेको थियो । देशमा भैरहेको बन्द हड्ताल सधैंको लागि बन्द हुनुपर्दछ । व्यवसायीहरुले निर्धकताका साथ व्यवसाय संचालन गर्न पाउनु पर्दछ । उद्योग व्यवसायी मरे सिंगो देश नै मर्ने धारणा रहेको थियो । बन्द हड्ताल ... Read More



 
 
 
   संघको संयोजकत्वमा साना तथा घरेलु  उद्योग कार्यालय र आन्तरिक राजश्व कार्यालयको संयुतm आयोजनामा संघको उत्तरी क्षेत्रमा व्यवसायीहरुको व्यावसाय दर्ता नविकरणको लागि घुम्ति शिविर  सेवाको उद्घाटन गरियो । सघंको उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्रीको सभाध्यक्षता, संघका अध्यक्ष राजकुमार न्यौपाने आन्तरिक राजश्व कार्यालयका प्रमुख जीवन घिमिरे, साना तथा घरेलु उद्योग कार्यालयका प्रमुख कमल प्रसाद घिमिर, संघका महासचिव महेन्द्र राउतको उपस्थितिमा उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।
              २०७२श्रावण २१ देखि २२ गते सम्म हुने शिविरमा उत्तरी क्षेत्रका व्यावसायी सदस्यहरुले आप्mनो फर्म दर्ता तथा नविकरणको सेवा लिन पाउने संघका अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भएको थियो कार्यक्रमा संघका उत्तरी ... Read More



    हेटौडा बजार क्षेत्रको २५ मिटर सडकसिमामा पर्ने संरचना जोगाउन मकवानपुर उद्योग वाणिज्य संघ नेतृत्वको टोलीले मंगलबार प्रधान मन्त्री शुशिल कोईरालाई ध्यानकर्षण गराएको थियो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अगुवाईमा गएको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री भेटी ध्यानकर्षण गराएको थियो । भेटमा एसियन हाईवेस“गको सडक सञ्जाल जोड्न सडक फराकीलो बनाउन लागिएको बताउ“दै प्रधानमन्त्रीले विल्पका बिषयमा मन्त्रीपरिषद् बैठकमा छलफल गर्ने बताउनुभएको छ । प्रधामन्त्रीले मकावानपुरवासीका समस्यालाई गम्भीरतापूर्वक लि“दै बाईपास सडक विकास र विस्तारमा सरकार सकरात्मक रहने प्रतीबद्धता जनाएकोमा संघका अध्यक्ष न्यौपानेले खुशी व्यक्त गर्नुभएको थियो ।भेटमा अध्यक्षेले सुरुङमार्ग निर्माणमा सरकाले निजी क्षेत्रलाई सहयोग गर्न सके यस, मार्गले देसको अर्थतन्त्र विकासमा सकरात्मक ... Read More



    २५ मिटर सडक सीमा फराकिलो पार्न जनताको नाममा रहेको सम्पत्ति आफ्नो नाममा ल्याउन पत्राचार गरेको डिभिजन सडक कार्यालय पीडितहरुको आन्दोलनले पछि हटेको  छ । संघको अगुवाईमा पीडितहरुको वृहत भेलापछि भएको डिभिजन सडक घेराउपछि डिभिजन सडक कार्यालय हेटौंडाले उक्त समस्याको विषयमा अध्ययन गर्न शिव नेपालको संयोजकत्वमा कार्यदल गठन भएकाले सो कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेश गरेपछि मात्रै पीडितसंगको समन्वयमा काम अगाडि बढाउने भन्दै आफैंले लेखेको पत्र तत्काल कार्यान्वयन नगर्न मालपोत र नापी कार्यालयलाई पत्राचार गरेको हो ।
हेटौंडा–१७ रातोमाटेदेखि चौकीटोल र राप्तीपुलदेखि बुद्धचोकसम्मको सडकको दायाँबायाँ २५÷२५ मिटर क्षेत्र घरजग्गा पर्ने पीडितहरुको आन्दोलनपछि डिभिजन सडक कार्यालयले हाललाई आफ्नो निर्णय फिर्ता लिएको ... Read More



    प्रथम अन्तराष्ट्रिय योग दिवसको अवसरमा भारतिय महा वाणिज्य दुतावास वीरगंजको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघ, पंतन्जली जिल्ला समिति मकवानपुर र शहिद स्मारक विकास समितिको सहयोगमा एक दिवशीय योग शिविर कार्यक्रमको आयोजना पल्पसा सभा गृहमा गरिएको थियो । कार्यक्रमको सभाध्यक्षता संघका अध्यक्ष राजकुमार न्यौपानेले गर्नुभएको थियो । शिविरमा योग गुरु डा. दयाशंकर विद्यालंकारले प्रशिक्षण गराउनुभएको थियो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, स्थानीय विकास अधिकारी, भारतिय महा वाणिज्य दुतावास वीरगंजका महा वाणिज्य दुत श्रीमती अन्जु श्रीरन्जन, संघका पूर्व अध्यक्ष तथा मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत तथा पतञ्जली ... Read More



    २०७२ असार २७ गते बिहानबाट कर्मचारीहरुको आन्दोलनले बन्द भएको हटौंडा औद्योगिक क्षेत्र स्थित रहेको गोर्खा लाहारी प्रा.लि.,मकवानपुर उद्योग वाणिज्य संघका एशोसियट तर्फका उपाध्यक्ष तथा जिल्ला रोजगरादाता परिषदका संयोजक विष्णु खनाल तथा संघका कार्यसमिति सदस्य तथा जिल्ला रोजगारदाता परिषदका सदस्य शान्तिराम धिमालको पहलमा गोर्खा लाहारी प्रालिका ट्रेड युनियन इकाई कमिटिका व्यक्तिहरु संघ बार्ता गरि समस्याको विषयमा मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगका संचालक÷व्यवस्थापक संग वार्ता गर्ने सहमतिमा बन्द रहेको उद्योग दिउ“सो २ः०० बजेदेखिको सिफ्ट खुल्ने सहमति गरि उद्योग संचालन गर्न संघको प्रयास सफल भएको छ ।

... Read More

 
    नेपाल सरकार कृषि विकास मन्त्रालय, उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP) आयोजना व्यवस्थापन कार्यालय,सुर्खेत र विभिन्न सात वटा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीको सम्मानमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना संघको सभा कक्षमा गरियो । ज्ख्ब्ए सुर्खेतका क्षमता विकास अधिकृत हरिमदन अधिकारीको नेतृत्वमा आएको भ्रमण टोलीमा थप ७ वटा उद्योग वाणिज्य संघहरुको सहभागिता रहेको थियो । सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, सल्यान र अछाम उद्योग वाणिज्य संघहरुको सहभागिता रहेको थियो ।
    संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा जाजरकोट, जुम्ला र अछाम उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहेको थियो । भ्रमणमा पाल्नुहुने सम्पूर्णलाई स्वागत ... Read More



    शिक्षा मन्त्री चित्रलेखा यादवले नेपाललाई विकाशित मुलुकको वनाउने हो भने हरेक क्षेत्रमा महिलाको समुचित सहभागिता हुन आवश्यक रहेको  बताउनुभएको थियो।

    महिलामा भएको क्षमता र योग्यता देशको विकासमा प्रयोग गर्नुपर्ने उनको भनाई रहेको छ । मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा सोमवार हेटौडामा भएको वृहत महिला भेला तथा व्यूटिसियन तालिमको उदघाटनका क्रममा मन्त्री यादवले कार्यक्रममा सहभागी महिलालाई आत्मविश्वासका साथ अघि वढनका लागि समेत आग्रह गर्नुभएको थियो ।

    हामी आफैले पनि आपूmलाई कमजोर सोच्न हुदैन मन्त्री यादवले भन्नुभयो महिला कमजोर हुन्छन भन्ने  वुझाई गलत हो, शिक्षाले मानिसलाई प्रगतिपथमा पुन्याउन सहयोग गर्ने भन्दै उने उद्योग ... Read More


सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीज्यूको नेतृत्वमा आएका २७ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोलीको सम्मानमा २०७२ जेष्ठ ३२ गते सोमबार संघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
भ्रमण टोलीमा सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पदम बहादुर साहि, वरिष्ठ उपाध्यक्ष प्रकास उप्रेती, वाणिज्य उपाध्यक्ष धनबहादुर राउत, उद्योग उपाध्यक्ष वाशुदेव शर्मा, महासचिव गोपालकृष्ण गिरी, कार्यसमिति सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालज्यूको सभापतित्वमा उक्त स्वागत तथा छलफल कार्यक्रम भएको हो । कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्नुहुदै वरिष्ठ उपाध्यक्ष कटुवालज्यूले संघको गतिविधि माथि प्रकाश पार्नुहुदै भ्रमण सदस्यहरुले उठाएका जिज्ञासा उपर जवाफ दिनुभएको थियो । ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको तीन दिवसीय कार्यक्रम २०७२ जेष्ठ १७ गते आइतबार सम्पन्न भएको छ । दामनको एभरेष्ट पानोरमा रिसोर्टमा जेष्ठ १५ र १६ गते वैठक संचालन प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ भने १६ र १७ गते योजना तर्जुमा गोष्ठी भएको छ ।
संघको नया कार्यसमिति गठनपश्चात तीन वर्षिय कार्ययोजना तयार गर्ने परम्पराअनुसार यस पटक पनि सोही कार्यलाई निरन्तरता दिदै आन्तरिक पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने गरी जिल्लाको मनोरम क्षेत्र दामनमा कार्यक्रम गरिएको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताएका छन् । मकवानपुर जिल्लाको आर्थिक सामाजिक क्षेत्रको विकासमा आफ्नो भूमिका निर्वाह गरिरहेको संघले नया कार्यसमितिका सबै सदस्यहरुलाई संघको कार्यक्रम, कार्ययोजना लक्ष्य र ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आइतबार हेटौंडा–२३, हर्नामाडी, बडकुलेमा रहेको समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रलाई राहत सामाग्री वितरण गरेको छ । समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रमै गई एक कार्यक्रम आयोजना गरी राहत सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा केन्द्रका अध्यक्ष बबिता बानियाको सभाध्यक्षता माननीय सभासद ईन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यता र संघका अध्यक्ष राजकुमार न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो । संघका महासचिव महेन्द्र राउत, केन्द्रका संरक्षक रमेश गिरी, कृष्ण अर्याल, संघका सदस्य उज्ज्वल चौलागाई, राधिका सामरी पाण्डे, कृष्णराम न्यौपाने, राजेन्द्र लामिछाने, रामहरी बन्जारा, राममणी दहाल, होटल एशोसिएशन मकवानपुरका महासचिव शालिकराम शर्मा, निर्माण सामाग्री व्यवसायी संघ, मकवानपुरका अध्यक्ष मनोज जालान, ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न उद्योगी/व्यवसायी, संघ/संस्था तथा व्यक्तिहरुबाट संकलन गरेको नगद तथा जिन्सी सामाग्रीहरु विभिन्न कार्ययोजना बनाई महाभूकम्प प्रभावितहरुलाई वितरण गर्दैआएको छ । यसै सन्दर्भमा शुक्रबार संघका महासचिव महेन्द्र राउतले महाभूकम्पबाट ज्यान गुमाउने मकवानपुरको ईपा गाविसका रजिना जिम्बाको परिवारलाई नगद दशहजार राहत प्रदान गरेको छ । ईपा गाविस सचिव पुरुषोत्तम उप्रेतीसंग समन्वय गरी स्थानीय रन्जन कठायत, शंकर कठायत, गैसस महासंघका कमल बिकको रोहवरमा मृतकका बाबु सोमबहादुर जिम्बालाई संघका महासचिव राउतले नगद हस्तान्तरण गरेका छन् ।  
यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका कानूनी सल्लाहकार अधिवक्ता ईश्वरराज ढकालले महाभूकम्प प्रभावितहरुको सहयोगमा सदुपयोग गर्न रु. ५,१००।– को चेक शुक्रबार संघका कार्यकारी सचिव विवेक ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार मकवानपुरको हाडीखोला गाविसमा महाभूकम्प प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ । सि.सि.डि.एन.को समेत राहत सामाग्री सहयोगमा उक्त कार्यक्रम गरिएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा वितरण कार्यक्रम सम्पन्न भएको छ । राहत सामाग्रीहरु त्रिपाल १५ थान, कम्बल २० थान, मिक्स खाद्यान्न २० काटुन, चाउचाउ २० काटुन र वाटर व्याग ५ थान हाडीखोला–७ को वनकरिया बस्तिमा वितरण गरिएको संघका महासचिव महेन्द्र राउतले बताएका छन् । बनकरिया नेपालको अल्पसंख्यक समुदाय अन्तर्गत पनि पर्दछ । महाभूकम्प गए लगत्तैबाट संघ राहत सामाग्री संकलन र वितरणमा निरन्तर क्रियाशिल रहदै आएको छ ।
वितरण कार्यक्रममा संघका सल्लाहकार तथा अग्रज पत्रकार ... Read More


मकवानपुरको मनहरीमा ३ महिने व्युटिसियन तालिमको शनिबार समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ/पश्चिम क्षेत्र समिति/महिला उद्यमी विकास समिति, मनहरीको आयोजनामा उक्त तालिम संचालन भएको हो । मउवासंघ/पश्चिम क्षेत्र समिति/महिला उद्यमी विकास समिति, मनहरीका सभापति मन्जु उप्रेतीको सभाअध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यता र मउवासंघका महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डेको विशेष आतिथ्यता र मउवासंघ/पश्चिम क्षेत्र समिति, मनहरीका सभापति गोविन्दप्रसाद रिजाल, कार्यसमिति सदस्य काव्यमणि अधिकारी, रविन्द्र घिमिरे र मनहरी गाविसका सचिव मिनराज कोइराला कार्यक्रमका अतिथि रहेका थिए । कार्यक्रम संचालन  मकवानपुर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य राधिका सामरी पाण्डेले गरेका ... Read More


राहत सामग्री भिमफेदीको सुपिङमाः
    संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षको अध्यक्षतामा मकवानपुर जिल्लाको भिमफेदी– ७, सुपिङमा राहत सामग्री हस्तातरण गरिएको छ । राहत सामग्री विरगंज भन्सार क्षेत्रबाट ल्याइएको थियो । महाभुकम्पका पिडित ८० परिवारको लागि सामग्री ल्याइएको थियो । चामल, नुन, तेल, टर्चलाइट, ब्ल्याङकेटसहितको सामग्रीहरु ५० परिवारको लागि हस्तानतरणको जिम्मा प्रहरी चौकीका प्रहरी निरिक्षकलाई लगाइएको थियो । बाँकी ३० परिवारको लागि भिमफेदी –७, सुपिङका पिडितहरुलाई हस्तानतरण गरिएको थियो । राहत हस्तानतरणका लागि संघका का.स.स रेणु ज्ञवाली, का.स.स.÷ महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डे, आमन्त्रीत सदस्य कृष्णराम न्यौपाने, कार्यक्रम अधिकृत रजनी नेपाल, समाज सेवी तथा भुकम्प पिडीतका सहयोगी पवन तिमल्सिना ... Read More




Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback