News & Events

लालीगुँरास महिला हस्तकला कढाई ट्रेनिङ्ग सेन्टरको आज बस्तीपुरमा मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेले उद्घाटन गर्नु भएको छ । ट्रेनिङ्ग सेन्टरकी व्यवस्थापक विद्या गिरीको सभापतित्वमा भएको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै महिला सभापति पाण्डेले महिलाले सिकेको सीपले समाज आर्थिक सवलता तर्फ उन्मुख हुने बताउनु भएको छ । महिला उद्यमी लक्ष्मी ढकालले स्वागत मन्तव्य तथा रीता वाईबाले सञ्चालन गर्नु भएको कार्यक्रममा संघका महिला उद्यमी सदस्य लगायत ट्रेनिङ्ग सेन्टरमा सिलाई कढाई सिकिरहेका प्रशिक्षार्थीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमकी सभापति तथा सेन्टरकी व्यवस्थापक विद्या गिरीले आफू यस अवस्था सम्म आउनुको पछाडी ठूलो संघर्ष गरेको र यसका लागि सम्पूर्ण दिदीबहिनीको ... Read More


उद्योग वाणिज्य संघ, चितवनको आयोजनामा आजबाट शुरु भएको चितवन महोत्सवमा प्रमुख अतिथिका रुपमा चितवन आउनु भएका प्रधानमन्त्री प्रचण्डलाई मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले २५ मीटर सडकको विषयमा ध्यानाकर्षण गराउनु भएकोछ । महोत्सवको उद्घाटन पछि केहीबेर हेटौंडा क्षेत्रको २५ मीटर सडक विस्तारको विषयमा कुराकानी भएको अध्यक्ष न्यौपानेले बताउनु भएकोछ ।  मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद के.सी. समेतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले भन्नु भयो , यस विषयमा मैले जानकारी केही दिन अघि मात्रै पाएकोछु, बास्तविकता नबुझी सरकारले कुनै कदम नचाल्ने हुनाले मकवानपुरबासीलाई त्रसित नहुन आग्रह गर्नु भएकोछ । प्रचण्डले अगाडी भन्नु भयो,– यस विषयलाई लिएर मलाई भेट्न काठमाडौं आउनुस्, बास्तविकता के रहेछ, म आजैदेखि यस ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ तथा जिल्ला स्तरीय राजनैतिक दलहरुको संयुक्त टोलीले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग भेट गरेकोछ ।  मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्व तथा सडक डिभिजन कार्यालय, हेटौंडाले २५ मीटर भित्रका घरटहरा हटाउन गरेको १५ दिने सूचनाबाट हेटौडा बजार क्षेत्रका घरधनी त्रसित रहेकोले यसको निकासका लागि मन्त्री लेखकसँग भेट गरेको हो । मन्त्री लेखकलाई स्थानीय राजनैतिक दल, स्थानीय सरकारी कार्यालयहरुसँग गरेको यसभन्दा अघिका वार्ता, सम्झौताको विषयमा समेत मन्त्री लेखकसँग छलफल गरेको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हाल हेटौडा बजारमा सडक विस्तारको विषयले आतंकित रहेकोले सरकारको तर्फबाट ठोस निकास निकाल्न आग्रह गर्नु भएको थियो ... Read More