News & Events

मकवानपुर उद्योग वाणिज्य संघको ५० औ बार्षिक साधारण सभा तथा स्वर्ण महोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत हेटौडाको राप्ति तटमा प्रतिक्षालय निर्माण गरेको छ । संघको स्वर्ण महोत्सव मूल समितिका संयोजक उत्तम शर्मा ढकालको अध्यक्षता तथा माननीय महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यतामा भएको प्रतिक्षालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले यस्ता समाजिक कार्यमा लागि थप सहयोगका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष राजकुमार न्यौपानेले सार्वजनिक भौतिक संरचनाहरु निर्माण सम्पन्न पछिको संरक्षण चुनौतिपूर्ण रहेकोले यस विषयमा नगरपालिकाले समेत ध्यान दिन आग्रह गर्नु भएको थियो । हिन्दु संस्कार अनुसार मृत्यु पछिको अन्तिम संस्कार ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा अस्पतालमा रहेका बिरामीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी फलफूल वितरण गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा स्वर्ण महोत्सव मूल समितिका संयोजक उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अस्पतालमा आज रहेका करीब ७० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको फलफूल वितरण उप संयोजक रविन्द्र घिमिरेले जानकारी दिएका छन् । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शर्भेस शर्मा, दाङ्ग उवासंघका अध्यक्ष हेमराज बन्जाडे, पूर्व अध्यक्ष ध्रुबराज श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारी, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल,सल्लाहकार प्रदिप ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा बुद्धचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी, मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुपारेटार ब्यारेकका नेपाली सेनाका अधिकृत जवानहरुको समेत सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा ७५ जना व्यक्तिहरुले रक्तदान गरेको स्वर्ण महोत्सव स्वास्थ्य उप–समितिका संयोजक दिवस पराजुलीले बताएका छन् ।
कार्यक्रममा स्वर्ण महोत्सव मूल समारोह समतिका संयोजक उत्तम शर्मा ढकाल, काली शक्ति गणका गणपति सुशील बहादुर सिंह, संघका पदाधिकारी, सदस्य, व्यावसायी, सञ्चारकर्मी प्रताप विष्ट ... Read More