News & Events

मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समितिको आयोजनामा आज मनहरीमा एकदिने कर शिविर सम्पन्न गरिएको छ । संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत, पश्चिमी क्षेत्रका सभापति गोविन्द रिजाल सहितको उपस्थितिमा शुरु गरिएको शिविरमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका सेवाहरु प्रवाह गरिएको थियो । शिविरमा राजश्व कार्यालयबाट कर अधिकृत डिल्लीराम चौलागाई, घरेलु कार्यालयबाट प्रमुख प्रशिक्षक कृष्ण कुमार श्रेष्ठ, संयुक्त वडासचिव ठाकुर बर्तौलासहितको टोलीले स्थानीय व्यवसायीहरुलाई सेवा प्रदान गरेका थिए । सो शिविर व्यवसायीहरुको सुविधालाई ध्यानमा राखी सम्बन्धित निकायसँगको सहयोगमा कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष न्यौपानेले बताएका छन् । शिविर मकवानपुरको पश्चिमी क्षेत्रका व्यवसायीहरुका लागि प्रत्येक बर्ष झै घरदैलो ... Read More


जिल्ला स्तरीय कार्यालयमा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुर प्रहरी प्रमुखलाई आज एक कार्यक्रमका बीच स्वागत गरेको छ । केही दिन अघि मात्र जिल्ला प्रमुखका रुपमा आएका प्रहरी उपरीक्षक विकासराज खनाललाई संघले स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा बजारको सिसी टीभी क्यामेरा व्यवस्थापन, लागूऔषध आसारपसार नियन्त्रण, औद्योगिक सुरक्षा लगायत विषयमा छलफल समेत गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले समग्र जिल्लाको व्यवसायिक गतिविधि तथा प्रहरीसँग संघको सहकार्यको विषयमा आफ्नो मन्तव्य राखेका थिए । आज सम्पन्न स्वागत कार्यक्रममा प्रहरी उपरीक्षक खनालले प्रहरी एक्लैले मात्र सबै समस्या न्युनिकरण गर्न ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा आज हेटौंडामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम समितिकी सभापति निलम पाण्डेको अध्यक्षता तथा महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले परम्परालाई हामी सबैले परम्परा जोगाउन आवश्यक तर विकृतिलाई हटाउने तर्फ लाग्न अघि बढ्न आग्रह गरेकी छिन् । कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, सचिव दिवस पराजुली, उज्वल चौलागाई, कासस विष्णु गोपाल महर्जन, हेटौंडा उपमहानगरपालिकाकी गंगा चौलागाई, समितिकी पूर्व सभापति शरिदी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग संघ, महिला समितिकी सभापति सन्तोषी बानियाँ, संघकी ... Read More