News & Events

मध्य क्षेत्र प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ । उहा“ले सुरक्षाको चिन्ता नगर्नमा सबैमा आग्रह गर्नुभएको छ । मकवानपुरमा आउने नवआगन्तुकलाई स्वागत गर्ने संघको परम्पराअनुसार माघ २ गते डिआईजी प्रकाश अर्यालको सम्मानमा  कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै अर्यालले जनताको चाहनाअनुसार सुरक्षा व्यवस्था मिलाइने प्रतिवद्धता जनाउनुभयो । उहा“ले यस क्षेत्रको सुरक्षाका निम्ती नया“ योजना ल्याउने बताउ“दै गुण्डागर्दी पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभयो । मकवानपुर लागूऔषधको व्यापारमा अग्रणी रहेको भन्दै अर्यालले त्यसको नियन्त्रण गर्नुका साथै भारतबाट  आयात हुने लागूऔषधलाई नियन्त्रण गर्ने अर्यालको प्रतिवद्धता रहेको थियो ।
    कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा मध्यमाञ्चल उद्योग ... Read More


संघका पूर्व अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा शोकसभाको आयोजना गरिएको छ । गत मंसिर १७ गते निधन भएका श्रेष्ठको स्मृतिमा संघको आयोजनामा शोकसभा भएको थियो । १३ औं दिनको पुण्यतिथिका दिन संघको भवनमा शोकसभाको आयोजना गर्दै उहा“को निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
    संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा शोकसभा भएको थियो । सभामा मकवानपुरका सञ्चारकर्मी, संघका कार्यसमिति सदस्य, पदाधिकारी, पूर्व अध्यक्ष तथा शुभेच्छुकको सहभागिता रहेको थियो । शोकसभामा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालले मकवानपुरको औद्योगिक विकासमा श्रेष्ठको योगदान महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । जीवनभर निस्वार्थ ढंगले समाजसेवामा लागिरहेको भन्दै ढकालले श्रेष्ठको खलेर प्रशंसा गर्नुभयो ... Read More


नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले श्रमशक्ति निर्यातबाट मुलुक समृद्ध बन्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ । युवाशक्ति वैदेशिक रोजगारीमा जा“दा मुलुक नबन्ने उहा“को भनाइ छ ।
    मकवानपुर उद्योग वाणिज्य संघको ४७ औं साधारणसभाको  हेटौंडामा उद्घाटन गर्दै उहा“ले
रोजगारको अवसर सिर्जना गरेर अन्य देशमा गइरहेको युवा शक्तिलाई रोक्न सकेमात्र मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको हो ।
    दोस्रो संविधानसभाको निर्वाचनपछि पनि युवा विदेश जाने क्रम झन् बढेको उल्लेख गर्दै मुख्यसचिव पौडेलले भन्नुभयो– ‘हामीले युवालाई भविष्यप्रति आशावादी अझै बनाउन सकेका छैनौं ।’ संविधानसभाको निर्वाचनपछि पनि मुलुकका समस्या समाधान हुन्छ भन्नेमा युवा विश्वस्त हुन नसकेकाले विदेश गइरहेको पौडेलले ... Read More