News & Events

मकवानुर उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा क्रिष्टल गहना बनाउने तालिम आजबाट हेटौंडामा शुरु भएकोछ । ५ दिन सम्म चल्ने तालिममा करीब २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहने बताईएकोछ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष न्यौपानेले महिला उद्यमीले सीपलाई उद्योग कै रुपमा विकास गरेर आएमा संघले पछि तिर्ने गरि २ लाख सम्म सहयोग गर्न सक्ने बताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले तालिममा सिकेको सीपलाई व्यवसायकै रुपमा विकास गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा मउबासंघ, महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेले यस तालिमले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याई आर्थिक रुपमा ... Read More


श्रम तथा रोजगार मन्त्रालय र श्रम कार्यालय, मकवानपुरको संयुक्त आयोजनामा आद्योगिक क्षेत्रमा जनशक्तिको विद्यमान अवस्था र आवश्यकता विषयक अन्तक्र्रिया हेटौंडामा सम्पन्न भएकोछ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले मकवानपुर लगायत आद्योगिक क्षेत्रहरुका लागि मन्त्रालयले कार्ययोजना बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने कार्य अघि बढाएको जानकारी दिनु भएकोछ । कार्यक्रममा मउबासंघका कार्य समिति सदस्य शान्तिराम धिमालले पाठ्यक्रम अनुसार अध्ययन गरेका जनशक्तिको मकवानपुर लगायत देशैभरि नै अभाव रहेको बताउनु भयो । कार्यक्रममा सदस्य धिमालले पुरानै कोर्ष अनुसार नै पढाई भईरहेकाले समयसापेक्ष रुपका जनशक्तिको अभाव रहेकोले मन्त्रालयले यस तर्फ समेत सोच्न ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज महिला व्यवसायी तथा उद्यमीहरुसँग साक्षात्कार गरेको छ । मकवानपुरका १२ गाविसका २४ महिला उद्यमीहरुको टोलीसँग छलफल कार्यक्रम संघको सभाकक्षमा सम्पन्न गरिएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न गाविसका कृषि, घरेलु उद्योग, पशुपालन, सहकारी समूहमा आबद्ध महिला उद्यमीसँग साक्षात्कार गरिएको हो । कार्यक्रममा महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुले बजारमा समस्या झेल्नु परेको र यस प्रति मउवासंघले समेत सकारात्मक भूमिका खेलिदिन आग्रह गरिएको थियो । कार्यक्रममा बोल्नुहुंदै अध्यक्ष न्यौपानेले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा संघले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । साक्षात्कार कार्यक्रममा आगामी केही दिनमा नै मउवासंघले साप्ताहिक हाटबजार लगाउने तर्फ अघि ... Read More