News & Events

मकवानपुर उद्योग वाणिज्य संघ ९महिला उद्यमी विकास समिति०को आयोजनामा शुरु भएको ३ दिने उद्घोषण तालिमको संघका अध्यक्ष एवम् प्रमुख अतिथि राजकुमार न्यौपानेले आज एक कार्यक्रमका वीच उद्घाटन गर्नु भएकोछ । महिला उद्यमीहरुका लागि उनीहरुको क्षमता अभिबृद्धिमा सघाउ पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताईएकोछ । महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डे सभाध्यक्षतामा भएको कार्यक्रममा सभापति पाण्डेले यस्ता तालिमले महिला दिदीबहिनीले आफ्नो कुरा निर्धक्कका साथ अभिव्यक्त गर्नसक्ने बताउनु भएकोछ । कार्यक्रममा बोल्दै संघका कार्य समिति सदस्य उज्ववल चौलागाईले यस तालिमले महिला उद्यमीको क्षमतामा वृद्धिहुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संघका कार्य समितिका पदाधिकारीहरु, विभिन्न सञ्चार गृहका सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा भएको ५ दिने क्रिष्टल गहना बनाउने तालिम सम्पन्न भएकोछ । तालिममा सहभागी ३३ जनालाई आज एक कार्यक्रम गरी मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् समापन कार्यक्रमका प्रमुख अतिथि राजकुमार न्यौपानेले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।  कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा संघले सहयोग गर्ने बताउनु भएकोछ । अध्यक्ष न्यौपानेले संघले कोसेली घरलाई अझ प्रभावकारी बनाउदै लाने र तत्काललाई महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई सोही स्थानबाट विक्री वितरण गर्न आग्रह समेत गर्नुभयो । महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ, ... Read More


 

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन,२०६८ को परिच्छेद ११ को उपदफा ३ बमोजिम कसैले पनि शिक्षण तथा स्वास्थ्य सस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकाले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलवाट सूर्तिजन्य पदार्थ विक्रि वितरण गर्न गराउन नपाइने भएकोले सम्बन्धित सम्पूर्ण व्यवसायीहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

अन्यथा परिच्छेद — ५ (सजाय) दफा ५ को ‘घ‘ बमोजिम कसैले यस ऐन विपरीत कार्य गरेमा सामान समेत जफत गरी रु. १०,०००।—(दश हजार ) सम्म जरिवाना गराउन सक्ने प्रावधान भएकोले कारवाही हुनवाट वच्न समेत हार्दिक अनुरोध गरिन्छ ... Read More