News & Events

दक्षिण कोरियामा गत ३० सेप्टेम्बर देखि अक्टोबर ३ सम्म भएको माफ फेष्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै गएको टोली हिजो गृह जिल्ला मकवानपुर फर्किएको छ । माफमा भाग लिन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्य समिति सदस्य उज्जल चौलागाई जानु भएको थियो । नेपालले उक्त मेलामा आफ्नो संस्कृति, पर्यटन, हस्तकला लगायतका सामग्री प्रदर्शन गर्नुका साथै मकवानपुरको किवीलाई समेत प्रदर्शनी गरेको थियो । ‘मेलामा आफ्नो स्टलमा बुद्ध नेपालमा जन्मेका हुन्  ( दगममजब दयचल ष्ल लभउब ि) लेखिएको व्यानर सबैले देख्ने गरी राखिएको थियो ।’ सहभागी संघका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भएको छ ।  मेलामा मकवानपुरको शहिद ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा बडादशैं, नेपाल सम्वत, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकोछ । संघको सभाहलमा भएको कार्यक्रम संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष दिपक श्रेष्ठ, थाहानगर वाणिज्य संघका अध्यक्ष कविराज खत्री, पत्रकार महासंघ, मकवानपुरका सचिव कृष्ण सारुमगर, संघका कार्यसमिति सदस्य शान्तिराम धिमाल महिला उद्यमी पूर्व सभापति शरिदी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
महिला उद्यमी गायत्री श्रेष्ठको संयोजन तथा समिति सभापति निलम पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका कोषाध्यक्ष ... Read More



दक्षिण कोरियाको दोश्रो ठूलो शहर वुसानको छागवानमा आयोजना भएको आप्रवासीहरुको वहुसाँस्कृतिक मेला माम्फमा सहभागी हुन नेपालको मकवानपुरवाट आएको प्रतिनिधि मण्डलले आज शनिबार छाँगवान उद्योग वाणिज्य संघसंग भेटघाट गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत तथा कार्यसमिति सदस्य उज्वल चौलागाइको टोलीले हिजो छाँगवान चेम्वर अफ कर्मसका अध्यक्ष तथा कोरिया चेम्वर अफ कर्मसका उपाध्यक्ष चोइ च्याग खाग तथा महासचिव सान मोन जोनसंग भेटघाट तथा छलफल भएको हो । भेटमा दिपक्षीय हित तथा आपसी सहकार्यमा छलफल भएको थियो ।
छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले छाँगवानका अध्यक्ष खागलाइ नेपाल भ्रमण तथा नेपालमा लगानीको वातावरण ... Read More