News & Events

नेपाल उद्योग वाणिज्य महासंघले देशभरी रहेका महिला उद्यमीहरुको राष्ट्रिय भेला आउँदो आषाढ २३ र २४ गते मकवानपुरको हेटौंडामा गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा महिला उद्यमीहरुको प्रबद्र्धन विषयमा छलफल गरिने जनाईएको छ । स्थानीय रुपमा कार्यक्रमको संयोजन गरिरहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौडामा कार्यक्रमको बारेमा सञ्चारकर्मींहरुलाई जानकारी दिएका थिए । देशभरीका नगरउद्योग वाणिज्य संघमा आबद्ध तथा व्यवसायमा क्रियाशील करीब १ सय ५० जना महिला उद्यमीहरुको सहभागिता रहने सो कार्यक्रममा आ–आफ्नो क्षेत्रका समस्या, कानूनी रुपमा आएका व्यवधानहरुको बारेमा छलफल गरिने र छलफलको निष्कर्षलाई महिला उद्यमी घोषणा पत्रको ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा वाणिज्य मन्त्रालयको सहयोगमा हेटौंडामा आज स्थानीय सरोकारवाला निकायबीच जिल्लाको निर्यात वस्तुको सम्भावना, प्रबद्र्धन र चुनौति विषयक
कार्यपत्र प्रस्तुतिकरण तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्व तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद दुवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाणिज्य मन्त्रालयमा उपसचिव बुद्धिप्रसाद उपाध्यायले सरकारको वाणिज्य नीति तथा वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ दुवाडीले देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका सरकारको संयन्त्रलाई अझ प्रभावकारी बनाउन हुनुपर्नेमा जोड दिएका छन् । प्रजिअ दुवाडीले निजी क्षेत्र सम्बद्ध केन्द्रीय संघ संगठनलाई स्थानीय संघसंगठनहरुले आफ्ना माग समस्यालाई लानुपर्ने धारण ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज थाहा नगरपालिका प्रमुख लवशेर विष्ट तथा उप–प्रमुख खड्गबहादुर गोपालीको स्वागत तथा शुभकामना कार्यक्रम गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको शुभकामना कार्यक्रममा व्यवसायिक धरातलबाट आएका नगर प्रमुख विष्टले नगरका बासिन्दाको प्रतिव्यक्ति आयलाई बढाउने र कृषि उत्पादन प्रबद्र्धनको लागि सर्वसुलभ सडक, पानीको समुचित विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । करीब २७ हजार मतदाता रहेको थाहानगर पर्यटकीय क्षेत्र रहेकोले उद्योग वाणिज्य संघ जस्ता व्यावसायिक संगठनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विष्टले उवासंघ मार्फत सामाजिक कार्य अघि बढाएकाले जनताले आफूलाई विश्वास गरी विजयी गराएको समेत धारण व्यक्त गरेका छन् । संघका ... Read More