News & Events

मकवानपुर उद्योग वाणिज्य संघले प्रत्येक दुई वर्षमा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला यस वर्ष आउदो कात्तिक ८ देखि १९ गतेसम्म हेटौंडामा गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा आज वसेको कार्यसमितिको वैठकले सो निर्णय गरेको हो । उद्योग व्यवसायलाई अझ बढी प्रवद्र्धन तथा विकासको लागि संघले मेलाको आयोजना गर्दै आएको छ । सो व्यापार मेलामा सदा जस्तै राष्ट्रिय स्तरका उत्पादन, कृषि, पर्यटन, कला सस्कृति लगायत ख्याती प्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीका साथै थप रचनात्मक कार्यक्रमहरु समाबेश रहने संघका अध्यक्ष न्यौपानेले बताएका छन् ।
    यसै गरी संघको हालै संशोधित विधान बमोजिम रिक्त रहेको एशोसियट तर्फको सचिवमा संघका ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा राष्ट्रसंघको सीप विकास कार्यक्रमको सहकार्यमा मकवानपुरमा दक्ष जनशक्ति तयार विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका विभिन्न व्यवसायिक संघहरुका प्रतिनिधिको सहभागिता रहेको थियो । अन्तक्र्रिया कार्यक्रममा नेपाल सरकारले २०६९ मा तयार पारेको व्यवसायिक तालिम नीति तथा योजनाको कार्यान्वयन तथा प्रभावकारिताका विषयमा सहभागिहरुसंग अन्तक्र्रिया गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माले सरकारको व्यवसायिक तालिम र सीपको नीतिलाई अब आउने दिनमा कसरी बढी प्रभावकारी बनाउने भन्ने विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुबाट नै सुझाव संकलन गर्नका लागि कार्यक्रम गरिएको प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रसंघ स्कील प्रोग्रामका डा. ... Read More


हेटौंडा, जेष्ठ ८ । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको अध्ययन अवलोकन भ्रमण टोली ५ दिने अवलोकन भ्रमण पूरा गरी आज हेटौंडा फर्किएको छ । गते ४ गते देशको पूर्वी जिल्ला भ्रमण क्रममा विभिन्न उद्योग वाणिज्य संघहरुसँग महिला उद्यमीहरुको विकास तथा रोजगार विषयमा अन्तक्र्रिया समेत गरेको थियो । संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा गएको भ्रमण टोलीले भारतको सिक्कम, दार्जिलिङ्ग अवलोकनका साथै, पूर्वी जिल्लाका इलाम, झापा, सुनसरी, सिरहाका संघहरुमा अन्तक्र्रिया गरेको समितिकी सभापति निलम पाण्डेले जानकारी दिनु भएको छ । अवलोकन भ्रमण पछि, यस्ता भ्रमणले महिला नेतृत्व तथा व्यावसायिक विकासमा सघाउ पुग्ने भ्रमण टोलीका सदस्य उपाध्यक्ष कृष्ण अग्रवालले बताउनु भएको छ ... Read More